Monday, August 31, 2015

पत्रकारिता क्षेत्रमा महिला सहभागिता ............

दांग जिल्लामा १४ वटा एफ एम रेडीयो तथा आधादर्जन पत्रपत्रिका गरि करिव दुईदर्जन संचारमाध्यमहरु चालु अवस्थामा रहेका छन् त्यस्तै आधादर्जनकै हाराहारीमा स्थानीय टेलीभीजन च्यानल तथा त्यत्तिनै संख्यामा अनलाइन पनि संचालनमा रहेका छन् ।
यसरी संचालनमा रहेका संचार माध्यमहरुमा काम गर्ने अधिकांश पत्रकार महिलाहरु समाचार र कार्यक्रम उत्पादनका क्षेत्रमा भन्दा पनि सांगीतीक कार्यक्रमहरु र विज्ञापन क्षेत्रमा मात्र सिमित रहदै आएका छन्
दांग जिल्लामा सकृय रुपमा लागीपरेका पत्रकार महिलाहरुको संख्या अत्यन्त न्यून छ त्यसमाथि कामको जिम्मेवारी दिदापनि त्यति विश्वास गरिएको भने पाईदैन् तर यति हुदाहुदैपनि केहि संचार माध्यमहरुले भने महिलाहरुलाई प्रमुख स्थान दिएको भने देखिन्छ
                      मध्यपश्मिाञ्चल विकासक्षेत्रकैे पहिलो सामूदायिक रेडियो स्वर्गद्दारी मा जम्मा ४ जना पत्रकार महिलाहरु मात्र कार्यरत रहेको पाईन्छ भने समाचार कक्षमा कामगर्ने एकजना र समाचार प्रमुखको रुपमा यस रेडियोले पत्रकार महिला बसुन्धरा गौतम्लाई जिम्मेदारी दिएको छ,त्यसतै लमहीको रेडियो हाइवेले पत्रकार लिला शाहलाई सम्पादकको जिम्मेवारी  दिएको छ,त्यसदेखी वाहेकका अन्य संचार माध्यमहरुमा महिलाहरु समाचार वाचकको रुपमा मात्र रहेको देखीन्छ । यसरी संचार क्षेत्रमा लागेका पत्रकार महिलाहरुले पनी यो पेशालाइ निरन्तरता दिएको पाइदैन् ।
                  एकातीर संचार माध्यमहरु दिनानुदिन खुल्दै गईरहेका छन् भने अर्कोतीर ती संचार माध्यमहरुमा काम गर्ने पुराना पत्रकार महिलाहरु पनि पत्रकारीता पेशा छाडेर अन्यत्र जानेक्रम पनि बढ्दो रहेको छ । केही पत्रकार महिलाहरु  पेशा परिवर्तन गरेर अन्य विभीन्न पेशामा लागेका छन् , कुनै समय निकै आर्कषण मानिएको यस क्षेत्रमा पत्रकार महिलाहरु किन टिक्न सकेका छैनन् त ? यस विषयमा पत्रकार माहासंघका उपाध्यक्ष लक्ष्मी आर्चायको भनाई यस्तो रहेको छ “कुनैपनि पेशामा ईच्छा र चाहना मात्र भएर पनि पुग्दैन् पेशामा टिकीरहने माध्यम भनेको स्थायित्व र आर्थिक पक्ष नै हो । यसका साथै महिलाहरुले गरेको कामलाई उचित स्थान नदिनु, नपत्याईदिने गर्नुले पनि होला महिलाहरु यस क्षेत्रमा दिगो रुपमा टिक्न सकिरहेको देखिदैन्”
             संचार माध्यमहरु खुल्नेक्रम एकातीर दिनप्रतीदिन वढीरहेको छ भने अर्कोतर्फ संचार माध्यमको प्रमुख पाटोको रुपमा रहेको समाचार शाखामा काम गर्ने महीलाहरुको सहभागीता संख्या मनोरञ्जनात्मक क्षेत्रमा काम गर्नेको तुलनामा अत्यन्त न्युन देखीन्छ । थोरै संख्यामा रहेका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागी न त संचारगृहहरुले कुनै तालिमको व्यवस्था गरेको देखीन्छ न त पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले नै चासो राखेको देखीन्छ । जसले गर्दा यो पेशा निरन्तरताको पेशा भन्दा पनि क्षणीक पेशाको रुपमा देखा परेको छ । यो अवस्था दांगको मात्र नभएर देशभरको अवस्था हो । संचार माध्यमहरुमा मात्र पत्रकार महिलाहरुको संख्या न्युन देखीदैन । पत्रकारहरुको साझा संस्था पत्रकार महासंघको केन्द«ीय समितीदेखी जिल्ला तहका समितीहरुमा समेत निर्णायक तहमा महिलाहरुको सहभागीता अत्यन्त न्युन देखीन्छ ।
               पत्रकार महीलाहरुले अहीले सम्म नत केन्द«ीय समितीमा नेतृत्व सम्हाल्न पाएका छन् नत जिल्ला तह मा नै, केन्द«ीय समीतीमा गतवर्ष परिवतर्न भएको विधानले महिला उपाध्यक्ष, महिला सचीवको व्यवस्था गरे बमोजिम त्यसमा महिलाको सहभागीता देखीन्छ त्यसदेखी अन्य पदमा महिलाको सहभागीता निर्णायक तहमा देखीदैन् । दांगको कुरागर्ने हो भने अघिल्लो कार्यसमीतीमा पत्रकार महासंघको कोषाअध्यक्ष पदमा महिलालाई र यसपटकको कार्यसमीतीमा उपाध्यक्ष पदमा महिलाको उपस्थिति देखिएसंगै माथील्लो तहमा महिला आउनेक्रम को सुरुवात भएको देखीन्छ । यसलाइ सकारात्मक रुपमा लिईनु पर्छ तथापि यत्तिमै सन्तोष मानिहाल्नुपर्ने अवस्था मान्न भने सकीदैन् ।
                 पत्रकार महिलाहरुको संख्या बृद्दिका साथै गुणस्तरमा पनि बृद्दि गर्नका लागीे के कस्ता कार्यक्रमहरु गर्न जरुरी छ त ? यस बारेमा पत्रकार माहासंघका उपाध्यक्ष लक्ष्मी आर्चायको भनाई यस्तो रहेको छ(पत्रकार महिलाहरुको संख्या बृद्धिका लागी संचार संस्थाहरुले पनि उचित पारिश्रमीक र काममा महिला र पुरुष भनि विभेद गर्नुभएन भने पत्रकार माहासंघले पनि गुणस्तर बृद्धिका लागी समय समयमा समय सँग अभ्यस्त हुने खालका तालिमको पनि ब्यवस्था गर्नुपर्छ यसका साथै पत्रकार महिलाहरुले पनि आफूलाई परेका समस्याहरु बारे पत्रकार माहासंघमा जानकारी गराउनुपर्छ जानकारी बिना हामीलाई पनि कदम चाल्न गाह्रो हुन्छ) भन्नुभयो ।
संचार माध्यमहरु यत्ति धेरै हुदाहुदैपनि पत्रकार महिलाको बर्चस्व मुलधारमा नहुनु संचार गृहले महिला भएकै कारण कामको जिम्मेदारी दिन हिच्किचाउनु,पारिश्रमीक मा पनि एकरुपता नहुनु , श्रमजिवी एैन कार्यान्वयन नहुनु , पेशाको ग्यारेन्टी नहुनु विवाहपछी स्थान परिवर्तनसंगै पेशापरिवर्तन गर्न परिवार भित्रवाटै दवाव श्रृजना हुनु,  महिलाहरुको पारिवार भित्रकोदोहोरो जिम्मेवारी वहन गर्नुपर्ने जस्ता यावत कुराले गर्दापनि पत्रकार महिलाहरु यस क्षेत्रवाट नै पलाएन हुने गरेको यसक्षेत्रमा काम गर्नेहरुले बताउनुभयो  ।
               सहअस्तीत्व,समानता,समविकास,समान सहभागीताको वकालत गर्दे समाज परिवर्तनको सम्वाहकको रुपमा आफुलाइ उभ्याउने,त्यसको हिस्सेदारी आफुलाइ दाबि गर्ने संचार माध्यम तथा राज्यको चौथो अंगको रुपमा स्वीकार गरेको सरकारले समेत अरु क्षेत्रमा जस्तै समानता सहभागीता सहअस्तीत्व ,समविकास तर्फ राज्यले पनी पत्रकार महिलाहरुको संख्यात्मक र गुणात्मक विकाससगै पेशाको ग्यारेन्टी हुने गरि काम गनुपर्ने  आवश्यक रहेको देखिन्छ ।


1 comment: