Tuesday, August 11, 2015

शिक्षा मोह......................

चेतना महिला विद्यालयका प्रधानाध्यापक
सुमित्रा पन्थी
दाङको घोराहीमा रहेको चेतना महिला बिधालय नमुना बिधालयको रुपमा स्थापीत भएको छ । महिलाको नेतृत्वमा संचालनमा रहेको यस विधालयमा प्रिन्सीपल देखि कार्यालय सहयोगी सम्म सम्पूर्ण महिलाहरुलाई नै भेट्न सकिन्छ । घोराहीमा रहेको चेतना महिला बिधालय उमेर पुगेका  गृहणी महिलाहरुको सहयात्रि बनेको छ । २०६६ सालमा संचालनमा आएको यस बिधालयले अहिले नर्सरी देखि ७ कक्षा सम्म कक्षा संचालन गरेको छ । चेतना महिला विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थिका अनुसार यस विद्यालयमा बिधार्थीहरुको उमेर १३ बर्षदेखी बढिमा ७० बर्षसम्मको रहेको छ ।
छोरीलाई रजस्वला नहुदै कन्यादान गरिदिने त्यो समय,किताब भन्दा कामकाजलाई बढि प्राथमिता दिने भएकाले पनि बुवा शिक्षक हुदाहुदै पनि ४ कक्षामा अध्ययन गर्दागर्दै आफनो बिहे भएकाले पढ्ने सपना त्यतिवेला अधुरै रहेको थियो तर आजभोली यस विद्यालयले आफनो अधुरो सपनालाई पुरा गरेको छ भन्नुहुन्छ,कक्षा ४ मा अध्ययनरत गैरागाँउ निवासी पार्वता पोख्रेल,
पोख्रेलको भन्दा अलि केही फरक अनुभव रहेको छ,बडहरा निवासी केशरा पोख्रेलको५२ वर्षको उमेरमा बल्ल आजभोली फूर्सर्द हुनथालेको छ बसेरै दिन काट्नु भन्दा यहाँ आएपछि दुई चार अक्षर जान्न सकिने हुदा आफूलाई स्कुल आउन रमाइलो लागेको बताउनुभयो यत्तिमात्र काहाँ हो र ? अंग्रेजी त्यति नआएपनि नेपाली पत्रपत्रिका फरर पढ्न आउने गरेकोे समेत बताउनुभयो ।
आखाँ सम्बन्धि समस्या वा टाउको दुख्ने समस्या किन नहोस् तरपनि यो विधालय बृद्ध महिलाहरुको दुख सुख बिसाउने चौतारी बनेको छ । पढ्नलाई न त उमेरले छेक्दो रहेछ न त सिक्न खोज्ने जिज्ञासालाई समाजको बन्धनले बाध्दो रहेछ ,यहाँ पढ्न आउने हरेक महिला दिदिबहिनीहरुका आफना आफनै कथा अनि ब्यथाहरु छन् । त्यस्तै कथा बोकेकी मध्येकी एक हुनुहुन्छ ४४ वर्षकी घोराही नगरपालिका ११ निवासी यशोदा खनाल श्रीमान्ले अर्को श्रीमती भित्राएपछि माइतीको सहयोगमा आफूले छोरालाई मात्र साथमा लिएर संघर्षपूर्ण यात्रा (ब्यवसाय) सुरु गर्नुभयो । आज उहाँले करोडौको ब्यापार गर्नुहुन्छ तरपनि शिक्षा नहुदा कता कता मनमा केहि खड्केको जस्तो अनुभूति हुने गरेकाले दिउसो ११ बजेदेखि ३ बजेसम्म पढाई हुने यो स्कुलमा धाउदै हुनुहुन्छ ।
स्कुल आउन थालेदेखी अधिकांश गृहणी महिला दिदिबहिनीहरुमा केही न केही आफूमा परिवर्तन आएको अनुभव प्राय सबैसँग रहेको छ । त्यस्तै अनुभव गर्ने मध्येकी एक हुनुहुन्छ ३८ वर्षकी घोराही ११मा बसोवास गर्दै आउनुभएकी पिमा खनाल संसार हेर्नलाई आँखाको ज्योतिले मात्र काहाँ पुग्छ र ज्ञानको ज्यति पनि त्यतिकै आवश्यक पर्दोरहेछ । ३ जना छोराछोरीलाई पढाउदै अनि आफूपनि पढ्ने भएकाले घरमा त्यति पढ्न नपाएता पनि यस विद्यालयमा पढ्न आउन थालेदेखि कहिकतै जानुपर्दा होस् ,वा हिसाव किताव गर्दा होस् आफूलाई निक्कै सजिलो भएको बताउनुभयो ।
मनमा ईच्छा र चाहना हुनेहो भने पढ्नलाई उमेरले छेक्दैन् भन्नेकुराको गतिलो उदाहरण बनेको छ । चेतना महिला विद्यालय यस विद्यालमा पढ्न आउने अधिकाशं गृहिणी महिलाहरुको छोराछोरी कलेज पढ्दै गरेका छन् । कत्तिपयका छोराछोरी जागिरे छन् त कत्तिपयका नातिनातिना नै कलेज पढ्ने उमेरका छन् तर यति हुदाहुदैपनि यि गृहणी महिलाहरुमा पढ्ने रहर निकै छ तर उमेरका कारणले गर्दा अन्य स्कूलमा पढ्न जान त्यत्ति सहज नहुने र आफूलाई पनि मन नलाग्ने भएकाले गर्दा यी महिलाहरुले ८ कक्षा सम्मको कक्षा संञ्चालन यसै स्कूल होस् भनि माग गरेका छन ।
७० बर्षिया विधार्थी भावना अधिकारी
१ कक्षाका महिला बिधार्थीहरु
महिला बिधार्थीहरु













No comments:

Post a Comment