Thursday, August 6, 2015

घर देखी बाहिर केन्द्रमा आएका विवादहरु मिलायर फेरी घरमै पठाउनाले महिला हिसांका घटनालाई बढाएको छ की घटाएको छ ?

समूदायको बिकासका लागी उपयूक्त बातावरण संस्थागत गर्न वा समूदायमा हुने बिवादहरुलाई समूदायमै रहेर समस्या समाधान गर्ने उद्देष्यले २०७० सालदेखी नै सामूदायिक मेलमिलाप केन्द्रको स्थापना भएको छ । समूदायको विवादलाई समूदायमा नै  बैकल्पिक पद्धती बाट मिलाउनका लागी (मेलमिलाप) गराउने उद्धेष्यले साझेदारी विकास परियोजनाको सहयोगमा दाङ जिल्लाका विभिन्न १० गा.वि.स.हरुमा यो कार्यक्रम संचालन हुदै आएको छ ।
 २०७० साल असोज बाट सुरु भएको यो कार्यक्रममा (सामूदायिक मेलमिलाप केन्द्र) आजको अवधी सम्म आईपुग्दा ११४ विवादहरुका निवेदन परेका छन् त्यसमध्ये ५ वटा विवादहरुलाई सामूदायिक मेलमिलाप केन्द्रले मिलाउन नसकेर केन्द्र बाहिर पठाएको छ भने ४ वटा विवादहरु विचाराधीन अवस्थामा रहेको कुरा लक्ष्मीपुर गाविस वार्ड ७ की सामूदायिक मेलमिलाप केन्द्रकी कार्यक्रम संयोजक पार्वता सुवेदीले बताउनुभयो । यसरी समूदायमा हुने अधिकांश विवादहरुलाई समूदायमै मेलमिलाप गराउदा समयका साथै पैसाको पनि बचत हुने गरेको बताउनुहुन्छ सामूदायिक मेलमिलाप केन्द्रकी कार्यक्रम संंयोजक पार्वता सुवेदी,
                लक्ष्मीपुर गाविसमा सामूदायिक मेलमिलाप केन्द्रको स्थापना भएपछि समूदायमा हुने महिला हिसांका घटनाहरुमा पनि केही कमी आएको छ भन्नुहुन्छ लक्ष्मीपुर गाविसकी सामूदायिक मेलमिलाप कार्यकर्ता रिखा शर्मा,यत्तिमात्र काहाँ हो र ? विवादहरु परेपछि पहिलो पक्ष र दोस्रो पक्ष दुबैले विवादलाई मिलाउनका लागी आफनो आफनो ईच्छा अनुसार निष्पक्ष तरिकाले मेलमिलाप कार्यकर्ता रोज्न पाउछन् यस्ले गर्दा पनि विवादलाई मिलाउन सहज हुने गर्छ वा भनौ पिडित र पिडक दुबैबिच जित जितको अनुभुति हुने गर्छ भन्नुहुन्छ सामूदायिक मेलमिलाप कार्यकर्ता लक्ष्मीपुर निवासी रिखा शर्मा,सामूदायिक मेलमिलाप केन्द्रको कार्यालय गाविस भवनमा नै अवस्थित रहेको छ ।
                यसरी गाविसहरुमा स्थापित हुदै गइरहेका सामूदायिक मेलमिलाप केन्द्रको स्थापनाले समय र पैसाको बचतका साथै महिला हिंसाका घटनाहरु पनि कमी ल्याउछ भने यस्ता सामूदायिक मेलमिलाप केन्द्रको विस्तार गर्न आवश्यक रहेको छ,तर हाम्रो समाजले महिलालाई हेर्ने र गर्ने ब्यवहार भने अलि केही भिन्न रहेको छ यस्तो अवस्थामा घर देखी बाहिर केन्द्रमा आएका विवादहरु मिलायर फेरी घरमै पठाउनाले महिला हिसांका घटनालाई बढाएको छ की घटाएको छ ? यो प्रश्नचाही मेरो मनमा खेलिरह्यो....

No comments:

Post a Comment