Monday, August 17, 2015

पार्लर ब्यवसायमा महिला आर्कषण...........

ब्यूटिसियन सरिता गिरी
पढेरपनि के—पो काम गरी र ? दुनियाकोे कपाल काट्ने काम गर्छे,यो कपाल काटेर पनि के प्रगति होला र बिग्रने खेलो हो,यो दुनियालाई नक्कली बनाउने काम गर्छे ? घोराही नगरपालिका ११ मा बस्ने सरिता गिरीलाई सुरुका दिनमा गाँउले तथा समाजका मान्छेहरुले यस्तै भन्ने गर्दथे तर विगत १५ बर्षदेखि सरिता गिरीले सरिता ब्यूटीहोम संञ्चालन गदै आउनुभएको छ । ब्यूटिसियन पेशामा आवद्द सरिता गिरीलाई ब्यवसाय छनौट महिलाको आफनो अधिकारको विषय हो जस्तो लाग्छ ।
जुन काममा ईच्छा र चाहना हुन्छ त्यो काम आफूले कसैको निर्देशन बिना नै स्वेच्छिक तरिकाले मन लगाएर गर्न पाउने हो भने अवश्यपनि काममा सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका छन दाङका व्यूटिसियन महिलाहरु
ब्यूटिसियन सरिता गिरिले यो पेशा शुरुगर्दा समाजले पनि यो पेशालाई असहज दृष्टिकोणले नै हेर्ने गर्दथ्यो तर आजभोली हरेक ब्यक्तिले आफूलाई सुन्दर र राम्रो देखाउन चाहन्छ त्यसैले पनि होला आजभोली यो ब्यवसाय पहिलेको तुलनामा निक्कै फस्टाउदै गईरहेको छ । साथै आजभोली बिदेश जानेको संख्यामा पनि निक्कै बृद्दि हुदै गईरहेको छ तर्सथ बिदेश जाने महिलाहरुका लागी पनि बिदेशमा यसको स्कोप निक्कै राम्रो रहेको छ भन्नुहुन्छ ब्यूटिसियन सरिता गिरिे  त्यसो त थोरै लगानी र परिवार सँगै बसेर कामगर्न सकिने भएकालेपनि यो पेशा महिलाहरुको आकर्षणको बिन्दु बनेको छ ।
 महिलाहरुको लागी सजिलै अपनाउन सक्ने यो व्यवसाय ले दाङका धेरै महिलाहरुलाइ आत्मनिर्भर बनाएको छ, धेरै महिला बेरोजगार भएर बस्नुपरेको छैन । थोरै लगानीमा पनि आफनो घरपरिवारसँगै बसेर सजिलै आत्मनिर्भर बन्न सकिने भएकालेपनि आजभोली यो ब्यवसाय निक्कै फस्टाउदै गईरहेको पाईन्छ ।  फुर्सदकै समयलाई सदुपयोग गरेर महिलाहरुले सञ्चालन गरेको यो पेशामा पनि सरकारलाई कर तिर्नुपर्ने बाध्यता रहेको छ तर यो पेशाका लागी राज्य स्तरबाट आफूहरुलाई कुनैपनि कुराको सहयोग छैन् यदी महिला उद्यमी,महिला स्वरोजगारमा बृद्दि गर्न सकियो भने वा महिलाहरुलाई  आर्थिक रुपमा सबल बनाउन सकियो भने मात्र महिला हिसांमा पनि कमी आउने थियो भन्नुहुन्छ  ब्यूटिसियन सरिता गिरि 
              नेपाल ब्यूटिसियन संघ दाङका अनुसार करिव ७÷देखि ८ सय को हाराहारीमा दाङ जिल्लामा ब्यूटिसियन महिलाहरु संघमा आवद्द हुनुहुन्छ ।  ब्यूटिसियन महिलाहरुलाई एकजुट र आर्थिक रुपमा सवल बनाउनका लागी पनि  संघले लमही,घोराही,नारायणपुर र तुलसीपुरमा गरी चारवटा नगर कमिटीहरु गठन गरेको छ । नगर कमिटिको बैठकमा मासिक २०रुपैया र ब्यत्तिगत रुपमा पनि बचत गर्ने भएकाले उक्त रकम समूहका सदस्यहरुलाई नै कम ब्याजदरमा लगानी गरिरहेको कुरा बताउनुहुन्छ नेपाल ब्यूटिसियन संघका केन्द्रिय कोषाध्यक्ष तथा दाङकी ब्यूटिसियन कल्पना श्रेष्ठ, प्राकृतिक रुपमा नै  महिलालाई सुन्दरता र सहनशिलताकी प्रतिमूर्तिको रुपमा समेत हेर्ने गरिन्छ । सुन्दरता र महिला बिच अन्योन्यास्रीत सम्बन्ध हुनु र यसका अतिरिक्त बदलिदो समय,परिवेश र प्रविधि सँगै मानिसपनि हिड्नुपर्ने भएकाले पनि यो ब्यवसाय दिनप्रति दिन निक्कै नै फस्टाउदै गईरहेको बताउने  नेपाल ब्यूटिसियन संघका केन्द्रिय कोषाध्यक्ष तथा दाङकी ब्यूटिसियन कल्पना श्रेष्ठ लाई कतिपय संघ सस्थाले २÷३ महिनाको प्याकेज ल्याएर पार्लर सम्बन्धि सिकाई अधुरो बनाएर नै छोडिदिने कुरामा भने आफूलाई त्यति चित्त नबुझेको समेत बताउनुभयो साथै उहाँले ति संघ सस्थालाई सिप सिकाउदा सकिन्छ पुरै प्याकेज सिकाउ होईन भने आदि,अधरो बनाएर नछोड्न समेत आग्रह गर्नुभयो ।
पढेर होस् या त सिप सिकेर नै किन नहोस हरेक ब्यत्ति आज आफू आत्मनिर्भर,स्वरोजगार बन्न चाहन्छ पढाई सकिएपनि पछि गएर जागिर नै पाईन्छ भन्ने कुनै ग्यारेन्टि नै छैन् तर जसको हातमा सिप छ उसले सहजै काम भने पाउन सक्छ या त हातमा सिप हुनेले आफैपनि ब्यवसाय सुरु गर्न सक्छ त्यसैले पनि होला आजभोली सिप सिक्नेहरुको जमातमा निक्कै नै बृद्दि हुदै गईरहेको पाउन सकिन्छ यस्तै सिप सिक्नेहरुकै जमातमा भेटिनुभएकी देउखुरी निवासी ईश्वारा कालाथोकी पनि एक प्रतिनिधि पात्र हुनुहुन्छ उहाँले भविष्यमा आफूपनि ब्यूटिसियन नै बन्ने सपना बोकेर घरपरिवारको सल्लाह र सहयोगमा वि.वि.एस तेस्रो वर्षको परिक्षा सकाउनासाथ यो सिप सिक्नमा तल्लीन भएर लागिरहेको बताउनुभयो ।
हिजोका दिनसम्म २÷४ पैसाका लागी श्रीमान् सँग हात थाप्नुपर्ने बाध्यतामा रहेका दाङका महिलाहरुलाई यो (ब्यूटीसियन) व्यवसायले सक्षम र सवल बनाउदै लगिरहेको पाईन्छ यसको बृद्धिले महिला हिसांलाई पनि न्यूनिकरण गर्नमा सहयोग गर्नेछ भन्ने कुरामा कुनै दुई मत नै छैन् ।
पार्लरमा काम गर्दै


No comments:

Post a Comment