हिजो बेलुका साझा सवाल सुने,विष्णुभक्त दुलाल (आहुती) भनेजस्तै जातिय छुवाछुतको कुरा भनेको त्यस्तो घाउँ हो । जुन खिल गडेर बसिसकेको छ जस्लाई सहजै मेटाउन्न सकिदैन् ।
अनि केहि समय अगाडी नै मैले लेखेको यो कुराको याद आयो, अनि ति अस्मिता नानीको पनि याद आयो अनि पोष्ट गर्न मन लाग्यो .....................
जन्म पछि मृत्यू त अवश्य नै छ तर कसरी,काहाँ कतिबेला त्यो कसैलाई पनि थाहा छैन् ।
बाँचुञ्जेल नै हो यो भागदौड,अनेकन समस्याहरु सँग जुध्ने,मरेपछि त सक्किगो नि , बाँच्दासम्मको लागी धन,पैसा,समाज,रितिरिवाज,आफनो विरानो,धर्म,कर्मकाण्ड,जातपात अनेकौ बन्धन सँग जेलिनुपर्ने यो बाट अलग्यिर बस्नपनि नसकिने माया,मोह,स्नेह,सामाजिक रितिरिवाज,चालचलन ले तानिहाल्ने,विचित्रको छ नि यो संसार ?
२०७१ साल माघको ८ गते देशमा संविधान आउछ कि भनेर सारा देशबासी यसमै मस्त थिए म पनि अब के हुन्छ होला भनेर कहिले टेलिभिजन,अनलाइन र रेडियोमा मस्त थिए तर नारा र जुलुुस मात्र देखाउछ टि.भि ले त्यहि भएर धेरै समय टि. भि. हेर्नमा खर्चिन मन लागेन बाहिर कता जाने हो साह्रै चिसो मौसम छ आज त, बिहानै बाट चिसो गरेको छ ,आजदिनभरी घामको मुहार सायदै देख्न पाईदैन् क्या हो यस्तै कुराहरु मनमा खेलिरहेका थिए हुन त मेरो बानि नै त्यस्तै छ सानो सानो कुरा भयो कि धेरै दिनसम्म मनमा लियर बस्ने गर्छु ।
पढ्न बस्ने हो किताब छोयो कि निन्द्रा लागिहाल्छ,बाहिर अत्यन्त चिसो छ काँहा जानेहोला सोच्दै थिए अचानक धुवा पुत्ताएरै आयो काँहाबाट आयो भनेर छतमा गएर हेरेको १० देखि १२ जनासम्म बच्चाबच्चिहरुको हुल देखे कोहि आगो बाल्ने कोसिसमा थिए कोहि भाँडाकुटी खेल्ने तयारी गर्दै थिए यो सबै गतिविधि म बस्ने घर देखि झण्डै १०० मिटर टाढा त्यो पनि डाँडामा भईरहेको थियो । किन किन बच्चाहरुको हुल देखेर मलाई पनि त्यहि डाडाँमै जान मन लाग्यो मन थाम्न सकिन अनि म पनि बच्चाहरु भएकै डाँडातिरै लागे, म त्यहाँ पुगेपछि उनिहरु मलाई देखेर अलि अलमल्ल परे जस्तो गरे,एकछिन् सम्म सबैजना मौन् बसे,मुखामुख गरे त्यो देखेपछि म पनि उनिहरुसँगै खेल्न आएजस्तो गरे किन चुप लागेको मलाई पनि मकै देऊ न,म पनि मकै भुट्छु भनेर मकै मागे त्यसपछि उनिहरु सबैजना गलल हाँसे किन अन्टि तपाइ पनि हामी सँगै खेल्नुहुन्छ र त्यहाँ भएका मध्ये एकजनाले मलाई प्रश्न गरिन् ,जवाफमा मैले खेलाए खेल्छु नि भने त्यसपछि कुराकानि हुन थाल्यो ।
उनिहरुले गरेको कुराकानि सुने ,हेर्दा सानै देखिन्छन् तर कुरा उमेर पुगेका मान्छेले गरेजस्तै गर्छन् । हुन त आजभोलीको यो प्रविधिको जमानामा बच्चाहरु टाठा र बाठा नै हुन्छन् तरपनि ब्यवहारका कुराहरु त त्यति नहुनुपर्ने अनौठो लाग्यो अनि मैले त्यहा भएकी मध्ये जो उमेर पुगेजस्तै गफ गर्थिन उनै नानीसँग कुरा गर्न थाले नानी तिम्रो नाम के हो ? त्यसपछि जवाफ आउन थाल्यो अन्टि मेरो नाम अस्मीता नेपाली हो म कक्षा ७ मा पढ्दैछु मेरो २ वटी बहिनि पनि छन् हामी हजुरवुवा र हजुरआमा सँग बस्दै आएका छौ सानि बहिनि त १ कक्षामा पढ्छे । हामीलाई बुवा र आमाको कमी छैन् तरपनि आमा र बुवाको माया कस्तो हुन्छ कुन्नि महशुुस नै गरेका छैनौ ।
मलाई हाम्रो घरमा झगडा भएको अलि अलि याद आउछ किन हो कुन्नि बुवा र आमा दिनहु जसो झगडा गर्नुहुन्थ्यो । एकदिन त बुवाले छोरी उपहार सहितको कान्छिआमा पो लिएर घरमा आउनुभयो त्यसपछि झन कति लडाई भयो भयो त्यति हुदापनि आमाले सहेर बस्नुभयो हुन्छ म मिलेरै बस्छु भन्नुहुन्थ्यो तर किन हो कुन्नि बुवा हामी बाट छुटिएर बस्न थाल्नुभयो बुवा छुटिएर बसेको करिव १ बर्ष भएको हुदो हो आमा पनि कुन्नि को अंकल सँग हिड्दिनुभयो । कहिलेकाहि पैसा पठाउछन् अरु त त्यस्तै नै हो अन्टि २ वटा बुवा र २ वटी आमा कमाउने पनि भाग्यमै लेखेर आउनुपर्ने रहेछ के अन्टि होईन् त ? मलाई नै प्रतिप्रश्न गरिन ।
मैले कुरा अन्तै मोडे हजुरवुवाले के गर्नुहुन्छ त ? हजुरवुवाले कपडा सिलाउने काम गर्नुहुन्छ टेलर छ । हामीसँग कान्छि अन्टि पनि बस्नुहुन्छ कहिलेकाहि मज्जैले गालिपनि खाइन्छ अन्टिले त्यसरी गालि गर्दा हजुरआमा ले अन्टिलाई नै गालि गर्नुहुन्छ । उ एकोहोरो बोल्दै गई अन्टि हामीसँग त यि ठुला घरका केटिहरु कोहिपनि खेल्दैनन् थाहा छ तिनका बाउआमाले तिनलाई गालि गर्छन् रे के ,अन्टि हामी त दमाई हौ रे , हामी गरिब छौ नि ऊ त्यहि पुरानो घरमा बस्छौ कत्तिले त हामी बस्ने त्यो घरलाई भुतबंगला पो भन्छन् रे हि हि...अन्टि दमाई को कोखबाट हामी जन्मनुमा हाम्रो के गल्ती छ र नि ? स्कुलमा पढ्ने बेलामा त मान्छे मान्छे सबै एकै हो, सबैको रगत रातो हुन्छ । जात भन्ने कुरा त समाजलाई सजिलो तरिकाले चलाउनका लागी बनाएको हो भनेर सिकाउनुहुन्छ म्याडमले ..
कुन्नि यि ठूला घरमा बस्ने केटिहरुले स्कुलमा पढ्दैनन् क्या हो ,फेरि ति केटिहरुका बुवा आमा त सबैजना कोहि शिक्षक,कोहि जागिरे छन् तिनै अंकल अन्टिहरुले यस्ता दमाईका केटाकेटिसँग पनि खेल्छन् भन्नुहुन्छ म त छक्क पर्छु अन्टि ....सोच्दा त स्कुलमा हामीलाई म्याडमले सिकाउने कुरा गलत हो कि जस्तो लाग्छ ....अस्मीताले यस्तो भनिरहदा (स्कुलमा म्याडमले सिकाउने कुरा गलत हो कि) एकोहोरो ति कुराहरु सुनिरहदा मनमा चसक्क घोच्यो हामी कुन समाजमा काँहा छौ हाम्रो सोच कस्तो सम्मको रहेछ सोच्न बाध्य बनायो त्यसपछि म ति नानीहरुसँग बिदा मागि त्यहाँ बाट हिडे ।
कुनैपनि कुरा बोल्न जत्ति सजिलो छ त्यहि कुरा ब्यवहारमा उर्तान चाहि किन त्यत्ति गाह्रो भएको होला ? राम्रा कुरालाई आत्मसात गर्न सक्नुपर्छ भने नराम्रा कुरालाई जरैदेखि फयाक्नपनि सक्नुपर्छ ।
No comments:
Post a Comment