Tuesday, December 1, 2015

हरेक मान्छेका आफना कथा अनि ब्यथाहरु हुन्छन् ....................

हरेक मान्छेका आफना कथा अनि ब्यथाहरु हुन्छन् । परिस्थिीतीले नै हो मान्छेलाई काँहा बाट काहाँ पुर्याउने....यो कथा हो जहाँ एकादेशमा भनिएको छैन् तर कसैको जिवनमा यो कथा बास्तविकता पनि हुन सक्छ ..
मान्छे सामाजिक प्राणी हो यसमा कुनै दुई मत नै छैन् ।समाजमा बसेपछि उसले सामाज बाट नै राम्रो,नराम्रो,सहि,गलत हरेक कुराहरु सिक्दै जान्छ जुन सामाजिक सिकाई पनि हो । म गरिब परिवारमा जन्मेको ब्यक्ति मैले सानो बाट नै जहिलेपनि धनि हुने खाने परिवारले गरिब परिवारमाथि हैकम जमाएको सानैबाट भोग्दै,देख्दै हुर्केको मान्छे हुँ । गाँउमा मैले यस्तै समस्या भोगेकै कारणले मेरा सन्तानले यस्तो थिचोमिचो सहन नपरोस् भनेर बजार पसेको मान्छे म,थोरै पैसाले गर्र्न सकिने मेरा लागी,मैले देखेको ब्यवसाय भनेकै ढावलीमा गर्ने ब्यवसाय थियो,जुन मलाई उचित लाग्यो र मैले यहि ब्यवसाय सुरु गरे
              मैले यो ब्यवसाय गर्न थालेकै आज २० वर्ष पुगिसक्यो,यो ब्यवसायले मेरो जिवनमा धेरै सहयोग गरेको छ,मेरा छोराछोरी यहि ढावली बाट नै पढाएको छु । मलाई बिहान र बेलुकाको छाक टार्न पहिलाको जस्तो हम्मे हम्मे परेको छैन् । जस्ले गर्दा मेरो दिन खुसी साथ बितिहरेको थियो । म बसेको ढावलीको जमिनको मासिक भाडा पनि तिर्दै आएको छु । भन्छन् नि जाहाँ पातलो छिर त्यहि नै पर्छ जुन सत्य कुरा हो आज त्यहि कुरा साबित भएको छ । ३ दिनको अल्टिमेटम दिएको छ ढावली हटाउने भनेर,यो ढावली मैले काहाँ लिएर जाने,२० वर्षसम्म सिकेको यो ब्यवसायको विकल्प मैले के ब्यवसाय गर्ने?ढावली हटाउने सूचना सँगसँगै यसको उचित पूर्नस्थापना काहाँ र कसरी गर्ने यो सूचना पनि हामीलाई दिनुपर्ने हो ।
            हाम्रो नेपालमा पहिला बस्ती बस्छ त्यसपछि बिकास हुन्छ यसले हामीजस्ता गरिब र मिहेनत गरिखानेहरुका लागी ठुलै समस्या निम्त्याउने गर्छ भन्दा कुनै फरक पर्दैन् । हो सडक बिस्तारका लागी यि ढावलीहरु हटाउन जरुरी होला तर त्यो भन्दैमा बिना कुनै योजना अरुको रोजिरोटी माथि लात हान्न पाईदैन् कि राज्यले भन्दिनुपर्यो ब्यवसाय भन्ने कुरा पैसावाल वा धनि मान्छेले मात्र गर्न पाउनुपर्छ भनेर होईन् भने आफनो दुु.ख.सु.ख. का साथ आफनो हैसियत अनुसार सबैले ब्यवसाय गर्न पाउनुपर्छ त्यसैले राज्यले ढावलीको ब्यवस्थापन गर्दा ,योजना सहित उचित पूूर्नस्थापनाको प्याकेज ल्याउनुपर्यो,अनि समस्याको समाधान मिलेर गर्नुपर्यो,३दिनमा ढावली हटाउ भनेर एकतर्फी समस्या मात्र थुपारिदिएर समस्याको समाधान होला जस्तो लाग्दैन् । मिलेर गरिएका कामले मात्र समस्याको हल निस्कन्छ होला ।
         यस्तै कुराहरु सोच्दा सोच्दै र समस्याहरु सँग पैठेजोरी खेल्दा खेल्दै आज उमेरले नेटो काट्न थालिसक्यो कहिलेकाही सोच्छु जिन्दगी भन्ने कुरो यस्तै रहेछ जस्तो लाग्छ । सानोमा पढ्न पाईएन परिस्थीतीले आज यस्तो पारिदिएको छ । यो संसारमा बाच्ँने हरेक मान्छेका आफनै छुटाछुटै कथाहरु होलान तरपनि भैसीलाई भैसीकै सिङ भारी भएजस्तै सबैलाई आफनो दु ख सबैभन्दा ठुलो लाग्छ सत्यता पनि यहि नै हो ।

Monday, August 31, 2015

पत्रकारिता क्षेत्रमा महिला सहभागिता ............

दांग जिल्लामा १४ वटा एफ एम रेडीयो तथा आधादर्जन पत्रपत्रिका गरि करिव दुईदर्जन संचारमाध्यमहरु चालु अवस्थामा रहेका छन् त्यस्तै आधादर्जनकै हाराहारीमा स्थानीय टेलीभीजन च्यानल तथा त्यत्तिनै संख्यामा अनलाइन पनि संचालनमा रहेका छन् ।
यसरी संचालनमा रहेका संचार माध्यमहरुमा काम गर्ने अधिकांश पत्रकार महिलाहरु समाचार र कार्यक्रम उत्पादनका क्षेत्रमा भन्दा पनि सांगीतीक कार्यक्रमहरु र विज्ञापन क्षेत्रमा मात्र सिमित रहदै आएका छन्
दांग जिल्लामा सकृय रुपमा लागीपरेका पत्रकार महिलाहरुको संख्या अत्यन्त न्यून छ त्यसमाथि कामको जिम्मेवारी दिदापनि त्यति विश्वास गरिएको भने पाईदैन् तर यति हुदाहुदैपनि केहि संचार माध्यमहरुले भने महिलाहरुलाई प्रमुख स्थान दिएको भने देखिन्छ
                      मध्यपश्मिाञ्चल विकासक्षेत्रकैे पहिलो सामूदायिक रेडियो स्वर्गद्दारी मा जम्मा ४ जना पत्रकार महिलाहरु मात्र कार्यरत रहेको पाईन्छ भने समाचार कक्षमा कामगर्ने एकजना र समाचार प्रमुखको रुपमा यस रेडियोले पत्रकार महिला बसुन्धरा गौतम्लाई जिम्मेदारी दिएको छ,त्यसतै लमहीको रेडियो हाइवेले पत्रकार लिला शाहलाई सम्पादकको जिम्मेवारी  दिएको छ,त्यसदेखी वाहेकका अन्य संचार माध्यमहरुमा महिलाहरु समाचार वाचकको रुपमा मात्र रहेको देखीन्छ । यसरी संचार क्षेत्रमा लागेका पत्रकार महिलाहरुले पनी यो पेशालाइ निरन्तरता दिएको पाइदैन् ।
                  एकातीर संचार माध्यमहरु दिनानुदिन खुल्दै गईरहेका छन् भने अर्कोतीर ती संचार माध्यमहरुमा काम गर्ने पुराना पत्रकार महिलाहरु पनि पत्रकारीता पेशा छाडेर अन्यत्र जानेक्रम पनि बढ्दो रहेको छ । केही पत्रकार महिलाहरु  पेशा परिवर्तन गरेर अन्य विभीन्न पेशामा लागेका छन् , कुनै समय निकै आर्कषण मानिएको यस क्षेत्रमा पत्रकार महिलाहरु किन टिक्न सकेका छैनन् त ? यस विषयमा पत्रकार माहासंघका उपाध्यक्ष लक्ष्मी आर्चायको भनाई यस्तो रहेको छ “कुनैपनि पेशामा ईच्छा र चाहना मात्र भएर पनि पुग्दैन् पेशामा टिकीरहने माध्यम भनेको स्थायित्व र आर्थिक पक्ष नै हो । यसका साथै महिलाहरुले गरेको कामलाई उचित स्थान नदिनु, नपत्याईदिने गर्नुले पनि होला महिलाहरु यस क्षेत्रमा दिगो रुपमा टिक्न सकिरहेको देखिदैन्”
             संचार माध्यमहरु खुल्नेक्रम एकातीर दिनप्रतीदिन वढीरहेको छ भने अर्कोतर्फ संचार माध्यमको प्रमुख पाटोको रुपमा रहेको समाचार शाखामा काम गर्ने महीलाहरुको सहभागीता संख्या मनोरञ्जनात्मक क्षेत्रमा काम गर्नेको तुलनामा अत्यन्त न्युन देखीन्छ । थोरै संख्यामा रहेका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागी न त संचारगृहहरुले कुनै तालिमको व्यवस्था गरेको देखीन्छ न त पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले नै चासो राखेको देखीन्छ । जसले गर्दा यो पेशा निरन्तरताको पेशा भन्दा पनि क्षणीक पेशाको रुपमा देखा परेको छ । यो अवस्था दांगको मात्र नभएर देशभरको अवस्था हो । संचार माध्यमहरुमा मात्र पत्रकार महिलाहरुको संख्या न्युन देखीदैन । पत्रकारहरुको साझा संस्था पत्रकार महासंघको केन्द«ीय समितीदेखी जिल्ला तहका समितीहरुमा समेत निर्णायक तहमा महिलाहरुको सहभागीता अत्यन्त न्युन देखीन्छ ।
               पत्रकार महीलाहरुले अहीले सम्म नत केन्द«ीय समितीमा नेतृत्व सम्हाल्न पाएका छन् नत जिल्ला तह मा नै, केन्द«ीय समीतीमा गतवर्ष परिवतर्न भएको विधानले महिला उपाध्यक्ष, महिला सचीवको व्यवस्था गरे बमोजिम त्यसमा महिलाको सहभागीता देखीन्छ त्यसदेखी अन्य पदमा महिलाको सहभागीता निर्णायक तहमा देखीदैन् । दांगको कुरागर्ने हो भने अघिल्लो कार्यसमीतीमा पत्रकार महासंघको कोषाअध्यक्ष पदमा महिलालाई र यसपटकको कार्यसमीतीमा उपाध्यक्ष पदमा महिलाको उपस्थिति देखिएसंगै माथील्लो तहमा महिला आउनेक्रम को सुरुवात भएको देखीन्छ । यसलाइ सकारात्मक रुपमा लिईनु पर्छ तथापि यत्तिमै सन्तोष मानिहाल्नुपर्ने अवस्था मान्न भने सकीदैन् ।
                 पत्रकार महिलाहरुको संख्या बृद्दिका साथै गुणस्तरमा पनि बृद्दि गर्नका लागीे के कस्ता कार्यक्रमहरु गर्न जरुरी छ त ? यस बारेमा पत्रकार माहासंघका उपाध्यक्ष लक्ष्मी आर्चायको भनाई यस्तो रहेको छ(पत्रकार महिलाहरुको संख्या बृद्धिका लागी संचार संस्थाहरुले पनि उचित पारिश्रमीक र काममा महिला र पुरुष भनि विभेद गर्नुभएन भने पत्रकार माहासंघले पनि गुणस्तर बृद्धिका लागी समय समयमा समय सँग अभ्यस्त हुने खालका तालिमको पनि ब्यवस्था गर्नुपर्छ यसका साथै पत्रकार महिलाहरुले पनि आफूलाई परेका समस्याहरु बारे पत्रकार माहासंघमा जानकारी गराउनुपर्छ जानकारी बिना हामीलाई पनि कदम चाल्न गाह्रो हुन्छ) भन्नुभयो ।
संचार माध्यमहरु यत्ति धेरै हुदाहुदैपनि पत्रकार महिलाको बर्चस्व मुलधारमा नहुनु संचार गृहले महिला भएकै कारण कामको जिम्मेदारी दिन हिच्किचाउनु,पारिश्रमीक मा पनि एकरुपता नहुनु , श्रमजिवी एैन कार्यान्वयन नहुनु , पेशाको ग्यारेन्टी नहुनु विवाहपछी स्थान परिवर्तनसंगै पेशापरिवर्तन गर्न परिवार भित्रवाटै दवाव श्रृजना हुनु,  महिलाहरुको पारिवार भित्रकोदोहोरो जिम्मेवारी वहन गर्नुपर्ने जस्ता यावत कुराले गर्दापनि पत्रकार महिलाहरु यस क्षेत्रवाट नै पलाएन हुने गरेको यसक्षेत्रमा काम गर्नेहरुले बताउनुभयो  ।
               सहअस्तीत्व,समानता,समविकास,समान सहभागीताको वकालत गर्दे समाज परिवर्तनको सम्वाहकको रुपमा आफुलाइ उभ्याउने,त्यसको हिस्सेदारी आफुलाइ दाबि गर्ने संचार माध्यम तथा राज्यको चौथो अंगको रुपमा स्वीकार गरेको सरकारले समेत अरु क्षेत्रमा जस्तै समानता सहभागीता सहअस्तीत्व ,समविकास तर्फ राज्यले पनी पत्रकार महिलाहरुको संख्यात्मक र गुणात्मक विकाससगै पेशाको ग्यारेन्टी हुने गरि काम गनुपर्ने  आवश्यक रहेको देखिन्छ ।


Monday, August 17, 2015

पार्लर ब्यवसायमा महिला आर्कषण...........

ब्यूटिसियन सरिता गिरी
पढेरपनि के—पो काम गरी र ? दुनियाकोे कपाल काट्ने काम गर्छे,यो कपाल काटेर पनि के प्रगति होला र बिग्रने खेलो हो,यो दुनियालाई नक्कली बनाउने काम गर्छे ? घोराही नगरपालिका ११ मा बस्ने सरिता गिरीलाई सुरुका दिनमा गाँउले तथा समाजका मान्छेहरुले यस्तै भन्ने गर्दथे तर विगत १५ बर्षदेखि सरिता गिरीले सरिता ब्यूटीहोम संञ्चालन गदै आउनुभएको छ । ब्यूटिसियन पेशामा आवद्द सरिता गिरीलाई ब्यवसाय छनौट महिलाको आफनो अधिकारको विषय हो जस्तो लाग्छ ।
जुन काममा ईच्छा र चाहना हुन्छ त्यो काम आफूले कसैको निर्देशन बिना नै स्वेच्छिक तरिकाले मन लगाएर गर्न पाउने हो भने अवश्यपनि काममा सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका छन दाङका व्यूटिसियन महिलाहरु
ब्यूटिसियन सरिता गिरिले यो पेशा शुरुगर्दा समाजले पनि यो पेशालाई असहज दृष्टिकोणले नै हेर्ने गर्दथ्यो तर आजभोली हरेक ब्यक्तिले आफूलाई सुन्दर र राम्रो देखाउन चाहन्छ त्यसैले पनि होला आजभोली यो ब्यवसाय पहिलेको तुलनामा निक्कै फस्टाउदै गईरहेको छ । साथै आजभोली बिदेश जानेको संख्यामा पनि निक्कै बृद्दि हुदै गईरहेको छ तर्सथ बिदेश जाने महिलाहरुका लागी पनि बिदेशमा यसको स्कोप निक्कै राम्रो रहेको छ भन्नुहुन्छ ब्यूटिसियन सरिता गिरिे  त्यसो त थोरै लगानी र परिवार सँगै बसेर कामगर्न सकिने भएकालेपनि यो पेशा महिलाहरुको आकर्षणको बिन्दु बनेको छ ।
 महिलाहरुको लागी सजिलै अपनाउन सक्ने यो व्यवसाय ले दाङका धेरै महिलाहरुलाइ आत्मनिर्भर बनाएको छ, धेरै महिला बेरोजगार भएर बस्नुपरेको छैन । थोरै लगानीमा पनि आफनो घरपरिवारसँगै बसेर सजिलै आत्मनिर्भर बन्न सकिने भएकालेपनि आजभोली यो ब्यवसाय निक्कै फस्टाउदै गईरहेको पाईन्छ ।  फुर्सदकै समयलाई सदुपयोग गरेर महिलाहरुले सञ्चालन गरेको यो पेशामा पनि सरकारलाई कर तिर्नुपर्ने बाध्यता रहेको छ तर यो पेशाका लागी राज्य स्तरबाट आफूहरुलाई कुनैपनि कुराको सहयोग छैन् यदी महिला उद्यमी,महिला स्वरोजगारमा बृद्दि गर्न सकियो भने वा महिलाहरुलाई  आर्थिक रुपमा सबल बनाउन सकियो भने मात्र महिला हिसांमा पनि कमी आउने थियो भन्नुहुन्छ  ब्यूटिसियन सरिता गिरि 
              नेपाल ब्यूटिसियन संघ दाङका अनुसार करिव ७÷देखि ८ सय को हाराहारीमा दाङ जिल्लामा ब्यूटिसियन महिलाहरु संघमा आवद्द हुनुहुन्छ ।  ब्यूटिसियन महिलाहरुलाई एकजुट र आर्थिक रुपमा सवल बनाउनका लागी पनि  संघले लमही,घोराही,नारायणपुर र तुलसीपुरमा गरी चारवटा नगर कमिटीहरु गठन गरेको छ । नगर कमिटिको बैठकमा मासिक २०रुपैया र ब्यत्तिगत रुपमा पनि बचत गर्ने भएकाले उक्त रकम समूहका सदस्यहरुलाई नै कम ब्याजदरमा लगानी गरिरहेको कुरा बताउनुहुन्छ नेपाल ब्यूटिसियन संघका केन्द्रिय कोषाध्यक्ष तथा दाङकी ब्यूटिसियन कल्पना श्रेष्ठ, प्राकृतिक रुपमा नै  महिलालाई सुन्दरता र सहनशिलताकी प्रतिमूर्तिको रुपमा समेत हेर्ने गरिन्छ । सुन्दरता र महिला बिच अन्योन्यास्रीत सम्बन्ध हुनु र यसका अतिरिक्त बदलिदो समय,परिवेश र प्रविधि सँगै मानिसपनि हिड्नुपर्ने भएकाले पनि यो ब्यवसाय दिनप्रति दिन निक्कै नै फस्टाउदै गईरहेको बताउने  नेपाल ब्यूटिसियन संघका केन्द्रिय कोषाध्यक्ष तथा दाङकी ब्यूटिसियन कल्पना श्रेष्ठ लाई कतिपय संघ सस्थाले २÷३ महिनाको प्याकेज ल्याएर पार्लर सम्बन्धि सिकाई अधुरो बनाएर नै छोडिदिने कुरामा भने आफूलाई त्यति चित्त नबुझेको समेत बताउनुभयो साथै उहाँले ति संघ सस्थालाई सिप सिकाउदा सकिन्छ पुरै प्याकेज सिकाउ होईन भने आदि,अधरो बनाएर नछोड्न समेत आग्रह गर्नुभयो ।
पढेर होस् या त सिप सिकेर नै किन नहोस हरेक ब्यत्ति आज आफू आत्मनिर्भर,स्वरोजगार बन्न चाहन्छ पढाई सकिएपनि पछि गएर जागिर नै पाईन्छ भन्ने कुनै ग्यारेन्टि नै छैन् तर जसको हातमा सिप छ उसले सहजै काम भने पाउन सक्छ या त हातमा सिप हुनेले आफैपनि ब्यवसाय सुरु गर्न सक्छ त्यसैले पनि होला आजभोली सिप सिक्नेहरुको जमातमा निक्कै नै बृद्दि हुदै गईरहेको पाउन सकिन्छ यस्तै सिप सिक्नेहरुकै जमातमा भेटिनुभएकी देउखुरी निवासी ईश्वारा कालाथोकी पनि एक प्रतिनिधि पात्र हुनुहुन्छ उहाँले भविष्यमा आफूपनि ब्यूटिसियन नै बन्ने सपना बोकेर घरपरिवारको सल्लाह र सहयोगमा वि.वि.एस तेस्रो वर्षको परिक्षा सकाउनासाथ यो सिप सिक्नमा तल्लीन भएर लागिरहेको बताउनुभयो ।
हिजोका दिनसम्म २÷४ पैसाका लागी श्रीमान् सँग हात थाप्नुपर्ने बाध्यतामा रहेका दाङका महिलाहरुलाई यो (ब्यूटीसियन) व्यवसायले सक्षम र सवल बनाउदै लगिरहेको पाईन्छ यसको बृद्धिले महिला हिसांलाई पनि न्यूनिकरण गर्नमा सहयोग गर्नेछ भन्ने कुरामा कुनै दुई मत नै छैन् ।
पार्लरमा काम गर्दै


Tuesday, August 11, 2015

शिक्षा मोह......................

चेतना महिला विद्यालयका प्रधानाध्यापक
सुमित्रा पन्थी
दाङको घोराहीमा रहेको चेतना महिला बिधालय नमुना बिधालयको रुपमा स्थापीत भएको छ । महिलाको नेतृत्वमा संचालनमा रहेको यस विधालयमा प्रिन्सीपल देखि कार्यालय सहयोगी सम्म सम्पूर्ण महिलाहरुलाई नै भेट्न सकिन्छ । घोराहीमा रहेको चेतना महिला बिधालय उमेर पुगेका  गृहणी महिलाहरुको सहयात्रि बनेको छ । २०६६ सालमा संचालनमा आएको यस बिधालयले अहिले नर्सरी देखि ७ कक्षा सम्म कक्षा संचालन गरेको छ । चेतना महिला विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थिका अनुसार यस विद्यालयमा बिधार्थीहरुको उमेर १३ बर्षदेखी बढिमा ७० बर्षसम्मको रहेको छ ।
छोरीलाई रजस्वला नहुदै कन्यादान गरिदिने त्यो समय,किताब भन्दा कामकाजलाई बढि प्राथमिता दिने भएकाले पनि बुवा शिक्षक हुदाहुदै पनि ४ कक्षामा अध्ययन गर्दागर्दै आफनो बिहे भएकाले पढ्ने सपना त्यतिवेला अधुरै रहेको थियो तर आजभोली यस विद्यालयले आफनो अधुरो सपनालाई पुरा गरेको छ भन्नुहुन्छ,कक्षा ४ मा अध्ययनरत गैरागाँउ निवासी पार्वता पोख्रेल,
पोख्रेलको भन्दा अलि केही फरक अनुभव रहेको छ,बडहरा निवासी केशरा पोख्रेलको५२ वर्षको उमेरमा बल्ल आजभोली फूर्सर्द हुनथालेको छ बसेरै दिन काट्नु भन्दा यहाँ आएपछि दुई चार अक्षर जान्न सकिने हुदा आफूलाई स्कुल आउन रमाइलो लागेको बताउनुभयो यत्तिमात्र काहाँ हो र ? अंग्रेजी त्यति नआएपनि नेपाली पत्रपत्रिका फरर पढ्न आउने गरेकोे समेत बताउनुभयो ।
आखाँ सम्बन्धि समस्या वा टाउको दुख्ने समस्या किन नहोस् तरपनि यो विधालय बृद्ध महिलाहरुको दुख सुख बिसाउने चौतारी बनेको छ । पढ्नलाई न त उमेरले छेक्दो रहेछ न त सिक्न खोज्ने जिज्ञासालाई समाजको बन्धनले बाध्दो रहेछ ,यहाँ पढ्न आउने हरेक महिला दिदिबहिनीहरुका आफना आफनै कथा अनि ब्यथाहरु छन् । त्यस्तै कथा बोकेकी मध्येकी एक हुनुहुन्छ ४४ वर्षकी घोराही नगरपालिका ११ निवासी यशोदा खनाल श्रीमान्ले अर्को श्रीमती भित्राएपछि माइतीको सहयोगमा आफूले छोरालाई मात्र साथमा लिएर संघर्षपूर्ण यात्रा (ब्यवसाय) सुरु गर्नुभयो । आज उहाँले करोडौको ब्यापार गर्नुहुन्छ तरपनि शिक्षा नहुदा कता कता मनमा केहि खड्केको जस्तो अनुभूति हुने गरेकाले दिउसो ११ बजेदेखि ३ बजेसम्म पढाई हुने यो स्कुलमा धाउदै हुनुहुन्छ ।
स्कुल आउन थालेदेखी अधिकांश गृहणी महिला दिदिबहिनीहरुमा केही न केही आफूमा परिवर्तन आएको अनुभव प्राय सबैसँग रहेको छ । त्यस्तै अनुभव गर्ने मध्येकी एक हुनुहुन्छ ३८ वर्षकी घोराही ११मा बसोवास गर्दै आउनुभएकी पिमा खनाल संसार हेर्नलाई आँखाको ज्योतिले मात्र काहाँ पुग्छ र ज्ञानको ज्यति पनि त्यतिकै आवश्यक पर्दोरहेछ । ३ जना छोराछोरीलाई पढाउदै अनि आफूपनि पढ्ने भएकाले घरमा त्यति पढ्न नपाएता पनि यस विद्यालयमा पढ्न आउन थालेदेखि कहिकतै जानुपर्दा होस् ,वा हिसाव किताव गर्दा होस् आफूलाई निक्कै सजिलो भएको बताउनुभयो ।
मनमा ईच्छा र चाहना हुनेहो भने पढ्नलाई उमेरले छेक्दैन् भन्नेकुराको गतिलो उदाहरण बनेको छ । चेतना महिला विद्यालय यस विद्यालमा पढ्न आउने अधिकाशं गृहिणी महिलाहरुको छोराछोरी कलेज पढ्दै गरेका छन् । कत्तिपयका छोराछोरी जागिरे छन् त कत्तिपयका नातिनातिना नै कलेज पढ्ने उमेरका छन् तर यति हुदाहुदैपनि यि गृहणी महिलाहरुमा पढ्ने रहर निकै छ तर उमेरका कारणले गर्दा अन्य स्कूलमा पढ्न जान त्यत्ति सहज नहुने र आफूलाई पनि मन नलाग्ने भएकाले गर्दा यी महिलाहरुले ८ कक्षा सम्मको कक्षा संञ्चालन यसै स्कूल होस् भनि माग गरेका छन ।
७० बर्षिया विधार्थी भावना अधिकारी
१ कक्षाका महिला बिधार्थीहरु
महिला बिधार्थीहरु













Monday, August 10, 2015

कुनैपनि कुरा बोल्न जत्ति सजिलो छ त्यहि कुरा ब्यवहारमा उर्तान चाहि किन त्यत्ति गाह्रो भएको होला ?


हिजो बेलुका साझा सवाल सुने,विष्णुभक्त दुलाल (आहुती) भनेजस्तै जातिय छुवाछुतको कुरा भनेको त्यस्तो घाउँ हो । जुन खिल गडेर बसिसकेको छ जस्लाई सहजै मेटाउन्न सकिदैन् ।
   
अनि  केहि समय अगाडी नै मैले लेखेको यो कुराको याद आयो, अनि ति अस्मिता नानीको पनि याद आयो अनि पोष्ट गर्न मन लाग्यो .....................

जन्म पछि मृत्यू त अवश्य नै छ तर कसरी,काहाँ कतिबेला त्यो कसैलाई पनि  थाहा छैन्  ।
बाँचुञ्जेल नै हो यो भागदौड,अनेकन समस्याहरु सँग जुध्ने,मरेपछि त सक्किगो नि , बाँच्दासम्मको लागी धन,पैसा,समाज,रितिरिवाज,आफनो विरानो,धर्म,कर्मकाण्ड,जातपात अनेकौ बन्धन सँग जेलिनुपर्ने यो बाट अलग्यिर बस्नपनि नसकिने माया,मोह,स्नेह,सामाजिक रितिरिवाज,चालचलन ले तानिहाल्ने,विचित्रको छ नि यो संसार ?
         २०७१ साल माघको ८ गते देशमा संविधान आउछ कि भनेर सारा देशबासी यसमै मस्त थिए म पनि अब के हुन्छ होला भनेर कहिले टेलिभिजन,अनलाइन र रेडियोमा मस्त थिए तर नारा र जुलुुस मात्र देखाउछ टि.भि ले त्यहि भएर धेरै समय टि. भि. हेर्नमा खर्चिन मन लागेन बाहिर कता जाने हो साह्रै चिसो मौसम छ आज त, बिहानै बाट चिसो गरेको छ ,आजदिनभरी घामको मुहार सायदै देख्न पाईदैन् क्या हो यस्तै कुराहरु मनमा खेलिरहेका थिए हुन त मेरो बानि नै त्यस्तै छ सानो सानो कुरा भयो कि धेरै दिनसम्म मनमा लियर बस्ने गर्छु ।                        
                पढ्न बस्ने हो किताब छोयो कि निन्द्रा लागिहाल्छ,बाहिर अत्यन्त चिसो छ काँहा जानेहोला सोच्दै थिए अचानक धुवा पुत्ताएरै आयो काँहाबाट आयो भनेर छतमा गएर हेरेको १० देखि १२ जनासम्म बच्चाबच्चिहरुको हुल देखे कोहि आगो बाल्ने कोसिसमा थिए कोहि भाँडाकुटी खेल्ने तयारी गर्दै थिए यो सबै गतिविधि म बस्ने घर देखि झण्डै १०० मिटर टाढा त्यो पनि डाँडामा भईरहेको थियो । किन किन बच्चाहरुको हुल देखेर मलाई पनि त्यहि डाडाँमै जान मन लाग्यो मन थाम्न सकिन अनि म पनि बच्चाहरु भएकै डाँडातिरै लागे, म त्यहाँ पुगेपछि उनिहरु मलाई देखेर अलि अलमल्ल परे जस्तो गरे,एकछिन् सम्म सबैजना मौन् बसे,मुखामुख गरे त्यो देखेपछि म पनि उनिहरुसँगै खेल्न आएजस्तो गरे किन चुप लागेको मलाई पनि मकै देऊ न,म पनि मकै भुट्छु भनेर मकै मागे त्यसपछि उनिहरु सबैजना गलल हाँसे किन अन्टि तपाइ पनि हामी सँगै खेल्नुहुन्छ र त्यहाँ भएका मध्ये एकजनाले मलाई प्रश्न गरिन् ,जवाफमा मैले खेलाए खेल्छु नि भने त्यसपछि कुराकानि हुन थाल्यो ।
                    उनिहरुले गरेको  कुराकानि  सुने ,हेर्दा सानै देखिन्छन् तर कुरा उमेर पुगेका मान्छेले गरेजस्तै गर्छन् । हुन त आजभोलीको यो प्रविधिको जमानामा बच्चाहरु टाठा र बाठा नै हुन्छन् तरपनि ब्यवहारका कुराहरु त त्यति नहुनुपर्ने अनौठो लाग्यो अनि मैले त्यहा भएकी मध्ये जो उमेर पुगेजस्तै गफ गर्थिन उनै नानीसँग कुरा गर्न थाले नानी तिम्रो नाम के हो ? त्यसपछि जवाफ आउन थाल्यो अन्टि मेरो नाम अस्मीता नेपाली हो म कक्षा ७ मा पढ्दैछु मेरो २ वटी बहिनि पनि छन् हामी हजुरवुवा र हजुरआमा सँग बस्दै आएका छौ सानि बहिनि त १ कक्षामा पढ्छे । हामीलाई बुवा र आमाको कमी छैन् तरपनि आमा र बुवाको माया कस्तो हुन्छ कुन्नि महशुुस नै गरेका छैनौ ।
                              मलाई हाम्रो घरमा झगडा भएको अलि अलि याद आउछ किन हो कुन्नि बुवा र आमा दिनहु जसो झगडा गर्नुहुन्थ्यो । एकदिन त बुवाले छोरी उपहार सहितको कान्छिआमा पो लिएर घरमा आउनुभयो त्यसपछि झन कति लडाई भयो भयो त्यति हुदापनि आमाले सहेर बस्नुभयो हुन्छ म मिलेरै बस्छु भन्नुहुन्थ्यो तर किन हो कुन्नि बुवा हामी बाट छुटिएर बस्न थाल्नुभयो बुवा छुटिएर बसेको करिव १ बर्ष भएको हुदो हो आमा पनि कुन्नि को अंकल सँग हिड्दिनुभयो । कहिलेकाहि पैसा पठाउछन् अरु त त्यस्तै नै हो अन्टि २ वटा बुवा र २ वटी आमा कमाउने पनि भाग्यमै लेखेर आउनुपर्ने रहेछ के अन्टि होईन् त ? मलाई नै प्रतिप्रश्न गरिन ।
                            मैले कुरा अन्तै मोडे हजुरवुवाले के गर्नुहुन्छ त ? हजुरवुवाले कपडा सिलाउने काम गर्नुहुन्छ टेलर छ । हामीसँग कान्छि अन्टि पनि बस्नुहुन्छ कहिलेकाहि मज्जैले गालिपनि खाइन्छ अन्टिले त्यसरी गालि गर्दा हजुरआमा ले अन्टिलाई नै गालि गर्नुहुन्छ । उ एकोहोरो बोल्दै गई अन्टि हामीसँग त यि ठुला घरका केटिहरु कोहिपनि खेल्दैनन्  थाहा छ तिनका बाउआमाले तिनलाई गालि गर्छन् रे के ,अन्टि हामी त दमाई हौ रे , हामी गरिब छौ नि ऊ त्यहि पुरानो घरमा बस्छौ कत्तिले त हामी बस्ने त्यो घरलाई भुतबंगला पो भन्छन् रे हि हि...अन्टि दमाई को कोखबाट हामी जन्मनुमा हाम्रो के गल्ती छ र नि ? स्कुलमा पढ्ने बेलामा त मान्छे मान्छे सबै एकै हो, सबैको रगत रातो हुन्छ । जात भन्ने कुरा त समाजलाई सजिलो तरिकाले चलाउनका लागी बनाएको हो भनेर सिकाउनुहुन्छ म्याडमले ..
                           कुन्नि यि ठूला घरमा बस्ने केटिहरुले स्कुलमा पढ्दैनन् क्या हो ,फेरि ति केटिहरुका बुवा आमा त सबैजना कोहि शिक्षक,कोहि जागिरे छन् तिनै अंकल अन्टिहरुले यस्ता दमाईका केटाकेटिसँग पनि खेल्छन् भन्नुहुन्छ म त छक्क पर्छु अन्टि ....सोच्दा त स्कुलमा हामीलाई म्याडमले सिकाउने कुरा गलत हो कि जस्तो लाग्छ ....अस्मीताले यस्तो भनिरहदा (स्कुलमा म्याडमले सिकाउने कुरा गलत हो कि) एकोहोरो ति कुराहरु सुनिरहदा मनमा चसक्क घोच्यो हामी कुन समाजमा काँहा छौ हाम्रो सोच कस्तो सम्मको रहेछ सोच्न बाध्य बनायो त्यसपछि म ति नानीहरुसँग बिदा मागि त्यहाँ बाट हिडे ।
                     कुनैपनि कुरा बोल्न जत्ति सजिलो छ त्यहि कुरा ब्यवहारमा उर्तान चाहि किन त्यत्ति गाह्रो भएको होला ? राम्रा कुरालाई आत्मसात गर्न सक्नुपर्छ भने नराम्रा कुरालाई जरैदेखि फयाक्नपनि सक्नुपर्छ ।

Thursday, August 6, 2015

घर देखी बाहिर केन्द्रमा आएका विवादहरु मिलायर फेरी घरमै पठाउनाले महिला हिसांका घटनालाई बढाएको छ की घटाएको छ ?

समूदायको बिकासका लागी उपयूक्त बातावरण संस्थागत गर्न वा समूदायमा हुने बिवादहरुलाई समूदायमै रहेर समस्या समाधान गर्ने उद्देष्यले २०७० सालदेखी नै सामूदायिक मेलमिलाप केन्द्रको स्थापना भएको छ । समूदायको विवादलाई समूदायमा नै  बैकल्पिक पद्धती बाट मिलाउनका लागी (मेलमिलाप) गराउने उद्धेष्यले साझेदारी विकास परियोजनाको सहयोगमा दाङ जिल्लाका विभिन्न १० गा.वि.स.हरुमा यो कार्यक्रम संचालन हुदै आएको छ ।
 २०७० साल असोज बाट सुरु भएको यो कार्यक्रममा (सामूदायिक मेलमिलाप केन्द्र) आजको अवधी सम्म आईपुग्दा ११४ विवादहरुका निवेदन परेका छन् त्यसमध्ये ५ वटा विवादहरुलाई सामूदायिक मेलमिलाप केन्द्रले मिलाउन नसकेर केन्द्र बाहिर पठाएको छ भने ४ वटा विवादहरु विचाराधीन अवस्थामा रहेको कुरा लक्ष्मीपुर गाविस वार्ड ७ की सामूदायिक मेलमिलाप केन्द्रकी कार्यक्रम संयोजक पार्वता सुवेदीले बताउनुभयो । यसरी समूदायमा हुने अधिकांश विवादहरुलाई समूदायमै मेलमिलाप गराउदा समयका साथै पैसाको पनि बचत हुने गरेको बताउनुहुन्छ सामूदायिक मेलमिलाप केन्द्रकी कार्यक्रम संंयोजक पार्वता सुवेदी,
                लक्ष्मीपुर गाविसमा सामूदायिक मेलमिलाप केन्द्रको स्थापना भएपछि समूदायमा हुने महिला हिसांका घटनाहरुमा पनि केही कमी आएको छ भन्नुहुन्छ लक्ष्मीपुर गाविसकी सामूदायिक मेलमिलाप कार्यकर्ता रिखा शर्मा,यत्तिमात्र काहाँ हो र ? विवादहरु परेपछि पहिलो पक्ष र दोस्रो पक्ष दुबैले विवादलाई मिलाउनका लागी आफनो आफनो ईच्छा अनुसार निष्पक्ष तरिकाले मेलमिलाप कार्यकर्ता रोज्न पाउछन् यस्ले गर्दा पनि विवादलाई मिलाउन सहज हुने गर्छ वा भनौ पिडित र पिडक दुबैबिच जित जितको अनुभुति हुने गर्छ भन्नुहुन्छ सामूदायिक मेलमिलाप कार्यकर्ता लक्ष्मीपुर निवासी रिखा शर्मा,सामूदायिक मेलमिलाप केन्द्रको कार्यालय गाविस भवनमा नै अवस्थित रहेको छ ।
                यसरी गाविसहरुमा स्थापित हुदै गइरहेका सामूदायिक मेलमिलाप केन्द्रको स्थापनाले समय र पैसाको बचतका साथै महिला हिंसाका घटनाहरु पनि कमी ल्याउछ भने यस्ता सामूदायिक मेलमिलाप केन्द्रको विस्तार गर्न आवश्यक रहेको छ,तर हाम्रो समाजले महिलालाई हेर्ने र गर्ने ब्यवहार भने अलि केही भिन्न रहेको छ यस्तो अवस्थामा घर देखी बाहिर केन्द्रमा आएका विवादहरु मिलायर फेरी घरमै पठाउनाले महिला हिसांका घटनालाई बढाएको छ की घटाएको छ ? यो प्रश्नचाही मेरो मनमा खेलिरह्यो....

Monday, August 3, 2015

दाङ मा रहेका केही मनोरम तालतलैयाहरु..........

ज्यामिरे दह

ज्यामिरे दहमा काम गर्दै 

ज्यामिरे दह
भोटे दह

भोटे दह

भोटे दह






Wednesday, July 29, 2015

मध्यपश्मिाञ्चल बिकास क्षेत्रमा रहेको एकमात्र शान्ति बालगृह




मध्यपश्मिाञ्चल बिकास क्षेत्रमा रहेको एकमात्र शान्ति बालगृहमा करिव ३० जना बालबालिकाहरु बस्दै आएका छन् । दाङ जिल्लाको सौडियार पर्सामा अवस्थित शान्ति बालगृह घोराही बजारबाट यातायातको साहायताले करिव १५ मिनेटमै पुग्न सकिन्छ । डा.भोलानाग योगीले यस बालगृहको सम्पूर्ण दायित्व बहन गर्दै आउनुभएको छ । यस बालगृहमा अधिकांश द्धन्द्ध बाट प्रभावित रहेका बालबालिकाहरु बस्दै आएका छन् । यदी तपाई पनि यस बालगृहमा आई सहयोगी हात बढाउन चाहनुहुन्छ भने अवश्यपनि निर्धकका साथ हात बढाउन सक्नुहनेछ ।

बालगृहका बालबालिकाहरु प्रार्थना गर्दै 

बालगृहका बालबालिकाहरुलाई सहयोग गरेका कलेजका बिधार्थी र प्रध्यापकहरु


Sunday, July 26, 2015

जत्ति नै महिला मुक्तिका कुरा गरेपनि हाम्रो समाजले अझैपनि एउटी महिलालाई हेर्ने र गर्ने ब्यवहार फरक रहेको छ

mangala devi shrestha.
मैले जतिवेला नृत्य क्षेत्रमापाईला टेके त्यस समयमा नृत्य क्षेत्रमा लाग्ने अधिकांश ब्यक्तिहरुलाई हाम्रो गाँउ समाजले हेर्ने नजर नै फरक थियो किनकी त्यसवेला हुने अधिकांश कार्यक्रमहरु भनेका रातको समयमा नै हुने गर्दथे यदी त्यतिबेला मैले मेरो घरपरिवारको साथ,सहयोग र माया नपाएको भए सायद आज म मंगलादेवीश्रेष्ठ भनेर पनि चिनिने थिएन होला...यो भनाई हो दाङ जिल्लामा रहेको मधुरिमा कला केन्द्रकी नृत्य निर्देशक मंगलादेवीश्रेष्ठको,मंगलादेवीश्रेष्ठ विभिन्न संघ संस्थामा आवद्द हुनहुन्छ यसकाअतिरिक्त उहाँ दाङ जिल्लामै रहेको एक स्कुलमा शिक्षण पेशामा पनि कार्यरत हुनुहुन्छ । जनजाति परिवारमा जन्मिएकी मंगलादेवी श्रेष्ठको नृत्य यात्रा ३ कक्षा वाट नै सुरु भएको हो अर्थात ९ वर्षको कलिलो उमेरवाट सुरु भएको यो यात्राआफनो आमावुवाको साथ,सहयोग,माया र स्वर्गीय गुरु नारायण पाण्डेको हौसलाले आफनो जिवनमा नृत्य यात्रालाई अगाडी बढाउन अझप्रेरणा मिलेको बताउनुहुन्छ ।
मंगलादेवी श्रेष्ठको अनुभवमा बिगतमा नृत्य क्षेत्रलाई गाँउसमाजले हेर्ने नजर बेग्लै भएतापनि राज्यले भने त्यतिवेला नृत्य क्षेत्रलाई (कलाकार) सम्मानजनक तरिकाले नै हेर्ने गरेको बताउनुहुन्छ किनकी त्यतिवेला हुने अधिकाशं कार्यक्रमहरु भनेका राजाको जन्मोत्सव,महोत्सव वा सरकारले गर्ने कुनैपनि कार्यक्रमहरु नै हुने गर्दथे त्यसता कार्यक्रमहरुमा जिल्लामा राम्रो प्रतिभा भएका ब्यत्तिहरुले मात्र भाग लिन पाउँथे त्यसता कतिपय कार्यक्रमहरुमा आफू पनि छनौटमा परेको अनुभव छ उहाँसग यसरी छनौटमा पर्दाआफूलाई ठुलै मान्छे भए जस्तै अनुभूति हुने गर्दथ्यो भन्नुहुन्छ साथै राम्रो कला प्रश्तुत गरेवाफत पुरस्कारहरु पनि पाउने गरेको अनुभव छ उहाँसग ,आजभोली नृत्य क्षेत्रलाई हेर्ने नजर आम मानिसमा केही सकारात्मक हुदै गएको छ भन्नुहुन्छ तर  सरकारका तर्फ वाट भने कला क्षेत्रका लागी कुनैपनि प्रयास नै नभएको देख्दा मन दुख्ने गरेको बताउनुहुन्छ मंगलादवी श्रेष्ठले
३ जना छोराछोरीको आमासमेत रहेकीमंगलादेवी श्रेष्ठलाई केन्द्रस्तर वाट कलाकारका लागी अबसरहरु नआएको भने होईन् तर घरब्यवहार,सामाजिक परिवेश,पारिवारिक बन्धनले एउटी महिलालाई जालोमा बाध्ँने हुदा आफूले आएका अवसरहरु गुमाउनु परेको बताउनुहन्छ ।जत्ति नै महिला मुक्तिका कुरा गरेपनि हाम्रो समाजले अझैपनि एउटी महिलालाई हेर्ने र गर्ने ब्यवहार फरक रहेको अनुभव छ उहाँसग,तर यत्ति हुदाहुदै पनि उहाँले कलाक्षेत्रका लागी केही गर्नुपर्छ भन्ने भावनाले मधुरिमा कला केन्द्रको स्थापना गरेको बताउनुहुन्छ । यसै कला केन्द्र मार्फत आफूले नृत्य सिकाएका केही विधार्थीहरुलाई आजभोली म्यूजिक भिडियोमा खेलेको देख्न पाउदा भने मन उत्साहित र खुसी हुने गरेको बताउनुहुन्छ
हाम्रो समाजमा अधिकांश अभिभावकहरुमा नाँचेर जिवन चलाउन गाह्रो छ भन्ने मानसिकता भएकै कारणले गर्दा पनि छोराछोरीको ईच्छा,चाहना यस क्षेत्रमा हुदाहुदै पनि अन्य क्षेत्रमा लगेको पाईन्छ । यसका लागी सरकारको भूमिका पनि महत्वपूर्ण रहेको छ जसरी सरकारले बिकासका लागी योजनाहरु ल्याउने गर्छ त्यसरी नै कला क्षेत्रको बिकासका लागीपनि योजनाहरु ल्याउन अत्यन्त आवश्यक रहेको कुरा बताउनुहुन्छ ।

Monday, June 29, 2015

हाम्रो समाजले महिला र पुरुषले गर्ने कामको केहि बिभेद गरिदिएको छ तर काम काम नै हो ..........




लक्ष्मीपुर गाबिस वार्ड नं ४ गोग्ली निबासी कमला कुमाल बिगत ६ बर्षदेखि साईकल मर्मत गर्ने कार्यमा सकृय रहदै आउनुभएको छ ।
दाङ जिल्लामै पहिलो साईकल मर्मत गर्ने कार्यमा लाग्नुभएकी कमलालाई सुरुका दिनमा काम गर्न त्यति सजिलो थिएन । साईकल बनाउन आउने अधिकांश ग्राहकहरुले महिलाले बनाएको साईकल कस्तो हुने होला,बनाउने भनि ल्याएको साईकल झनै बिग्रने पो हो कि ? भनि कमलाको काममा शंका गर्ने गर्दथे, तर आजभोली समाजले उहाँको काममा विश्वास गर्न थालेको छ भने उहाँले गर्ने कामको सम्मान पनि गर्न थालेको छ  । गोग्लीको चोकमै रहेको कृष्ण साईकल स्टोर उहाँको आफनै साईकल स्टोर हो । १२ वर्ष अगाडी गोग्ली निबासी कृष्ण कुमाल सँग बिवाह बन्धनमा बाधिनुभएकी कमलाको १ छोरा पनि छन् । घरमा बसेर समय बर्वाद गर्नुभन्दा दुईपैसा आर्जन गरेर भएपनि श्रीमान्को सहयोगी बन्न चाहने कमलालाई, अरुको काम गर्नुभन्दा आफनै पसलमा काम गर्न उचित लाग्यो त्यसपछि सुरु भयो उहाँको सिकाई यात्रा, श्रीमान्को सहयोग,प्रेरणा र श्रीमान्कै साहायतामा कमलाले साईकल मर्मत गर्ने काम सिक्नुभयो । श्रीमतीलाई सिप सिकाएकोमा कृष्ण पनि खुुसी हुनुहन्छ । समाजले पनि कृष्णलाई समाज परिवर्तनका लागी काम गरेको भन्दै दिने स्याबासीले उहाँलाई झनै खुसी बनाउने गर्दछ । घरखर्च,छोराको पढाई खर्च कटायर पनि मासिक १५ देखि २० हजार रुपैया बचत गर्ने गरेको बताउने कमला,हाम्रो समाजमा महिला दिदिबहिनीहरुका लागी पनि प्रेरणाको स्रोत  हुनुहुन्छ किनकी  हाम्रोसमाजले महिला र पुरुषले गर्ने कामको केहि बिभेद गरिदिएको छ तर काम काम नै हो पुरुषले गर्ने काम महिलाले गर्न सक्दैनन् भन्नेहरुका लागी दाङ जिल्लामा रहेको लक्ष्मीपुर ४ गोग्ली निवासी कमला कुमाल यसको गतिलो उदाहरण हुनुहुन्छ ।




 साईकल मर्मत गर्दै कमला कुमाल.......



Monday, June 22, 2015

Tuesday, June 2, 2015

मैलेपनि पिट्नुपर्छ भन्ने मानसिकताको कहिल्यै अन्त्य हुनेछैन् ।




निर्दयीतापनि कहिले सम्म हाम्रो सिकाई प्रणाली  के हो? हामी आफूलाई परिवर्तनका सम्बाहक मान्छौ भने परिवर्तनको थालनी हामीबाट किन नगर्ने, तस्वीरमा देखिएका डामहरु भोग्ने आजको एक बिद्यार्थी हुन् के थाहा भोलीका दिनमा उ पनि एक शिक्षक हुन सक्छ । बिद्यार्थीलाई दिने यस्तो सजायले (पिटाईले)उसको मानसिकतामा कस्तो असर पार्न सक्छ सोचौ त एकपटक हुनसक्छ बिद्यार्थीलाई ठाँउमा ल्याउनका लागी मैलेपनि पिट्नुपर्छ भन्ने मानसिकताको कहिल्यै अन्त्य हुनेछैन् । के पिटाई मात्र एक अचुक औषधि हो बिद्यार्थीलाई सहि मार्गमा ल्याउनका लागी,यसबारेमा एकपटक सबैजना गम्भिर भयर सोच्ने पो कि?

Wednesday, May 13, 2015

त्यो निष्पट कालो रातपछि दिनको सूरुवात भएजस्तै, सकसको यो जिन्दगीमा पनि हामीलाई आशाका केहि किरणले बाँच्ने साहस दिन्छन् कि....??