mangala devi shrestha. |
मंगलादेवी श्रेष्ठको अनुभवमा बिगतमा नृत्य क्षेत्रलाई गाँउसमाजले हेर्ने नजर बेग्लै भएतापनि राज्यले भने त्यतिवेला नृत्य क्षेत्रलाई (कलाकार) सम्मानजनक तरिकाले नै हेर्ने गरेको बताउनुहुन्छ किनकी त्यतिवेला हुने अधिकाशं कार्यक्रमहरु भनेका राजाको जन्मोत्सव,महोत्सव वा सरकारले गर्ने कुनैपनि कार्यक्रमहरु नै हुने गर्दथे त्यसता कार्यक्रमहरुमा जिल्लामा राम्रो प्रतिभा भएका ब्यत्तिहरुले मात्र भाग लिन पाउँथे त्यसता कतिपय कार्यक्रमहरुमा आफू पनि छनौटमा परेको अनुभव छ उहाँसग यसरी छनौटमा पर्दाआफूलाई ठुलै मान्छे भए जस्तै अनुभूति हुने गर्दथ्यो भन्नुहुन्छ साथै राम्रो कला प्रश्तुत गरेवाफत पुरस्कारहरु पनि पाउने गरेको अनुभव छ उहाँसग ,आजभोली नृत्य क्षेत्रलाई हेर्ने नजर आम मानिसमा केही सकारात्मक हुदै गएको छ भन्नुहुन्छ तर सरकारका तर्फ वाट भने कला क्षेत्रका लागी कुनैपनि प्रयास नै नभएको देख्दा मन दुख्ने गरेको बताउनुहुन्छ मंगलादवी श्रेष्ठले
३ जना छोराछोरीको आमासमेत रहेकीमंगलादेवी श्रेष्ठलाई केन्द्रस्तर वाट कलाकारका लागी अबसरहरु नआएको भने होईन् तर घरब्यवहार,सामाजिक परिवेश,पारिवारिक बन्धनले एउटी महिलालाई जालोमा बाध्ँने हुदा आफूले आएका अवसरहरु गुमाउनु परेको बताउनुहन्छ ।जत्ति नै महिला मुक्तिका कुरा गरेपनि हाम्रो समाजले अझैपनि एउटी महिलालाई हेर्ने र गर्ने ब्यवहार फरक रहेको अनुभव छ उहाँसग,तर यत्ति हुदाहुदै पनि उहाँले कलाक्षेत्रका लागी केही गर्नुपर्छ भन्ने भावनाले मधुरिमा कला केन्द्रको स्थापना गरेको बताउनुहुन्छ । यसै कला केन्द्र मार्फत आफूले नृत्य सिकाएका केही विधार्थीहरुलाई आजभोली म्यूजिक भिडियोमा खेलेको देख्न पाउदा भने मन उत्साहित र खुसी हुने गरेको बताउनुहुन्छ
हाम्रो समाजमा अधिकांश अभिभावकहरुमा नाँचेर जिवन चलाउन गाह्रो छ भन्ने मानसिकता भएकै कारणले गर्दा पनि छोराछोरीको ईच्छा,चाहना यस क्षेत्रमा हुदाहुदै पनि अन्य क्षेत्रमा लगेको पाईन्छ । यसका लागी सरकारको भूमिका पनि महत्वपूर्ण रहेको छ जसरी सरकारले बिकासका लागी योजनाहरु ल्याउने गर्छ त्यसरी नै कला क्षेत्रको बिकासका लागीपनि योजनाहरु ल्याउन अत्यन्त आवश्यक रहेको कुरा बताउनुहुन्छ ।
No comments:
Post a Comment