Sunday, April 22, 2018

नदिमा भएका माछाहरुले नदीलाई धुमिल्याउन कहिल्यै सक्दैन्


जीबन के हो ? अधिकांश ब्यक्तिहरुले दिने जवाफ् हो जीबन संघर्षमय यात्रा हो.....हुनपनि यात्रा नै हो,कहिले ठाडै उकाली त कहिले ओराली,कहिले घाम त कहिले छाया यिनै जिवनका दौड्धुपहरु सँग नै जिवन चलिरहने रहेछ अबिरल निरन्तर बगिरहने नदीजस्तै,नदिको पनि त समय सँगै बहाब घट्ने र बढ्ने गर्छ तर बहाब बढेपनि घटेपनि नदिमा भएका माछाहरुले नदीलाई धुमिल्याउन भने कहिल्यै सक्दैन् ।
हरेक ब्यक्तिको पनि त जिबन आफनै गतिमा दौड्रिहेको हुन्छ नै कोहिको सरल,सहजताका साथ जिवन चलिरहेको होला भने कत्तिको बाधा ब्यवधान र अप्ठ्यारो परिस्थीति सँग पैठेजोरी खेल्दै अगाडी बढिरहेको होला तरपनि जो जस्तो अबस्थामा भएपनि हरेकलाई आफनो जीबन प्रिय नै लाग्छ,सकेसम्म हरेक ब्यक्तिले आफनो लागी मात्र नभएर समाजको लागी भएपनि केहि गर्न पाए हुने भन्ने पक्कै सोचेको हुन्छ तर कत्तिलाई परिस्थिीतिले दिदैन् त कत्तिको मन दोधार बनिदिन्छ ।
यिनै जिवनका आरोह अबरोह,मनको सोचपनि कहिल्यै स्थिीर नहुने गतिमा हामी दौडिरहेका छौ । सबैलाई ठुलो बन्ने रहर छ,टन्न धन कमाउने पनि ठुलो रहर छ यिनै रहरै रहर र कहरै कहरको भुमरीमा च्यापिएको जिवनमा आफनो लागी खै कस्ले के कत्ति कमायौ त ? त्यसको यहाँ कुनै हिसाब किताब नै छैन्। जन्मपछि मरण निश्चीत छ सबैलाई ज्ञातै छ तरपनि बाचुञ्जेल हरेकले सपनाका महलहरु जोड्ने गर्छौ साच्ने गर्छौ,अनि त्यो सपनाको महल खडा गर्नलाई पनि हामीले हाम्रो निम्ती के गरेका छौ त ? जिबन हाम्रो सपना हाम्रो तरपनि हरबखत परिवार खुसी भएमा म पनि खुसी हुनेछु,मेरो छोरीलाई फलानो चिज मिठो लाग्छ उस्लै खाए त मैले खाय जस्तै भैगयो नि,हो सधै यस्तै सर्मपण र सधै अरुको सेवामा तल्लीन हुन खोज्ने हाम्रो मानब मनको पनि आफनै संसार कहिल्यै बन्न सक्दैन खै किन होला ।
सपना देख्ने हामी आफै तर सपना पुरा गर्नलाई अरुको अर्थात घरपरिवारको अनुहारमा खुसी खोज्नेपनि हामी नै त्यसैले त भनिएको पनि होला यो संसार माया र विश्वासमा नै अडिएको छ । फेरीपनि सपनाको महल बाचुन्जेल म यो गरुला,त्यो गरुला,यो बनाउला,त्यो बनाउला अनगिन्ती सपनाहरु त देखिन्छन् नै तर सबै सपनाहरु पुरा नहुन पनि सक्छन् केहि सपना आधा अधुरो मै टुटेर जान्छन् त कत्ति सपनाहरु पुरा हुने आशामा त केहि बिलिन भएकाहरु सपनाहरुले भने मन बुझाउने बाटो बनेर नै जिबनयात्राको सारथी झै सधै सँगै बढिरहन्छ ।
हुन त जिवनमा एकैछिन पछि कस्लाई के हुन्छ थाहै पाउन र भन्न सकिदैन् तरपनि जिबन दुःख सुःखको समिश्रण हो जँहा पिडाको बोधपनि हुन्छ भने जीबन प्रकृतिको अनुपम उपहारको मिठो कोसेली हो जस्लाई अनुभुति गर्ने आट र साहस हुनुपर्छ । त्यहि आट र साहस बटुलेर अघि बढिरहेको एउटा असल बन्ने कोसीसमा जुटिरहेको आत्मा हु म .......

No comments:

Post a Comment