Monday, April 16, 2018

साथिहरु पनि समय सँगै थपिदै जाने तरपनि बालापनका साथिहरु अझ बिशेष लाग्ने अनि हलमा फिल्म हेर्यो अनि घरमा स्कुलमा फेरी तिनै काहानिको बखान गर्यो.....

बालापनका केहि रमाईला यादहरु अझैपनि मानसपटलमा ताजै छन् सम्झदा पनि मन खुसी भएर आउछ ।
बालापनाका मिठा यादहरु तपाई हामी सबैका नै होलान् तर सबैको समय परिस्थीति अनुसार नै फरक फरक यादहरु अवश्यवपनि होला नै,सानोमा प्राय तपाईहरु के गर्नुहुन्थ्यो खै कुन्नि मेरो बालापन भने आफनै पाराको थियो । किनकी म जहिले पनि लिडर नै हुन्थे,अरुभन्दा अल्लि जान्ने नै हुनुपर्ने मलाई अहिले सम्झन्छु हाँसो लाग्छ ।

साथिहरु पनि समय सँगै थपिदै जाने रहेछन् घरमा एकथरीका साथिहरु हुने,स्कुल पढ्दा सम्म एकथरीका,कलेज जान लाग्यो फेरी एकथरीका साथिहरु बनिहाल्ने अनि बिहे पश्चात घरतिर पनि अरु साथिहरु थपिदै जाने यहि फरक फरक सिकाई र भोगाई नै त होला जिवन पनि,साच्चिकै जिबनमा सबैको उत्तिकै महत्व त हुने नै गर्छ, तरपनि खै किन हो बालापनका साथिहरु अझ बिशेष लाग्ने यो मलाई मात्र हो या तपाईहरुलाई पनि हो खै कुन्नि,हुन त बालापनका साथिहरु सँग त्यत्ति भेट त हुदैन् सबैको आफनै संसार बनिसकेको छ तरपनि मलाई मेरो बालापनका अधिकांश साथिहरु कान्टु,सुन्दरी अन्टी,सरस्वती,डल्ली,शान्ता,केशब,मदन उनिहरु सँगै मेरै आफना भाईहरु र सबैका आफना भाईबहिनिहरु पनि थिए लाग्छ जम्बो टोलि नै थियो हाम्रो,मानौ उनिहरु सँग बालापनमा खेलिएका यादहरु आखाँ वरीपरी चलचित्रको पर्दा जसरी देखिदा एक्लै बसेको समयमा अझ बिशेष रमाईलो हुने,त्यो समय हामीले खेल्ने खेलहरु भाडाकुटि,चुन्नि,खुट्टा नाघने,डोरी खेल्ने,चारी,लुकामारी,काठ छुने,बल हान्ने आदि आदि थिए ।

चिच्याउदै,दौडिदै खेलेका बालापनका अधिकांश खेलहरु रमाईलो नै हुन्थे सानैदेखीको हाम्रो बसाई तुलसीपुर चोकमै रह्यो,चोक अहिलेको जस्तो थिएन,मोटर गाडीहरु पनि पातलै हुन्थे,चोकमा सिसौको ठुला ठुला रुख थिए,रुखको मुन्तिर प्रहरीको बिट थियो अनि प्रहरी बिटको छेउमै पानि धारो थियो दिनरात आईरहने,साईडमा कुलो थियो,कुलोमा पनि पानि त सफा नै बग्ने गथ्र्यो,बिटको साईडमा सिसौको रुखको हाँगोमा पिङ हाल्दीनुभएको थियो सुन्दरी अन्टीको बुवाले,पिङ एउटा,खेल्ने हामी धेरै,झगडा परेर बोलि बाराबार सम्म पनि हुन्थ्यो,आजभोलि सम्झीदा हाँसो लाग्छ,बालापनको फेरी बोल्दापनि मुख हेरेरै हाँस्नुपर्ने हुन्थ्यो बालापनको कस्तो माया थियो हामीमा कुुन्नि ।
घरमा टिःभी थिएन त्यो बेला चलेको फिल्म हल भनेकै गणेश चलचित्र हल थियो,फिल्म लागेपछि शनिबारका दिन हलमा गयो,फिल्म हेर्यो अनि घरमा स्कुलमा फेरी तिनै काहानिको बखान गर्यो,त्यो समय सानै भयर हो कि खै,हलमा फिल्म हेर्न जादापनि राम्रै हुन्थ्यो । फिल्म हेर्न जानुपनि काहानी नै हुने गथ्र्यो,कत्तिसम्म भने सल्यानबाट मेरो ठुलोआमाको छोरा मेरो सानुदाईले आपँ ल्यायर आउने हामीले चोकमा बसेर बेच्ने,अनि शनिबार फिल्म हेर्न जाने,त्यो पनि अगाडी बसेर,त्यस्तो रहर हुने गथ्र्यो फिल्म हेर्न,हुन त आजभोलि समय सँगै प्रबिधिले पनि फड्को मारेको छ त्यसैले पनि होला हलमा मानिसहरु त्यत्ति फिल्म हेर्न त्यत्ति रुचाउदैनन् ।
खै किन हो अधिकांश मानिसहरु हलमा फिल्म हेर्न जानेपछि अनौठो नै मुख लगाउछन् आजभोलि हलमा चिच्याउने,सिटिठी मार्ने,बोल्ने नबोल्ने सबै बोल्ने गर्छन् यसैकारण पनि हो कि,मान्छेहरु आजभोलि हलमा फिल्म हेर्न कमै जान्छन् कि जस्तो लाग्छ दाङमा,हुन त म गएन भन्दैमा अरु जादै गएनन् भन्नु गलत हुनसक्छ तर मैले पछिल्लो समय कबड्डी,पुरानो डुङा र कारखाना फिल्म युट्युब मै हेरे,हलमा जाने मन नभएको पनि होईन् तर मनै लागेन आफैलाई पनि हलमा जान,मैले युट्युबमा भर्खरै हेरेका यि फिल्मका कथापनि निक्कै नै राम्रो लाग्यो,बिच बिचमा पुरानो डुङा र कारखानले त आँखामा नुुनिलो पानि नै ल्याईदियोे ।
त्यसैले पछिल्लो समय नेपाली चलचित्रको रुपरेखा बदलिदै रहेछ किनकी नेपाली फिल्मलाई यो भएन् त्यो भएन अनेकौ आरोप लगाईन्छ त्यो कुरामा भने फरकपना आउदै रहेछ, नेपाली फिल्म पनि राम्रै बनेका छन् बन्न सक्छन् भनेर थाहा पाउनका लागी त फिल्म रिलिज हुनासाथ हलमा गयर फिल्म हेर्ने बाताबरण पनि बन्न जरुरी छ कि? अरुको त थाहा भएन तर म  भने हलमा नगएको बर्षौ नै भएको छ । कोहिनुर चलचित्र हेर्न हलमा गएको हु त्यो चलचित्र हेर्दापनि उस्तै हल्ला,कोलाहल नै थियो ।
 त्यसपछि मैले हलमा गयर फिल्म हेरेको छैन् ।
तर जे भएपनि पछिल्लो समय नेपाली चलचित्रहरुले पनि समय अनुसारका कथा र बिषयबस्तुलाई त उठान गरेकै रहेछन् क्वालिटि छ,दर्शकलाई विषयबस्तुमा केन्द्रित गराउन सक्ने क्षमता नेपाली चलचित्रमा पनि छ त्यसैले अब हामीले पनि नेपाली चलचित्रलाई माया गर्न जरुरी छ ।

No comments:

Post a Comment