खाना खानुअघि र खाना खाईसकेपछि,अनि शौच गरेपछि पनि सफासँग साबुन पानिले हात धुनुपर्छ भनेर बिज्ञापन मार्फत सिकाईने गरिन्छ । हामी यस्तो देशको नागरिक हौ ।
पछिल्लो तथ्याङलाई नै हेर्ने हो भने महिला साक्षरतादरमा समेत बृद्धि भएको देखाउछ अब कस्लाई पढेलेखेको भन्ने जबकी पढेलेखेकै महामहिम मानबहरुले समेत साबुन पानिले हात धुनुपर्छ भन्ने सम्मको हेक्का राख्दैनौ भने प्रगति के मा र काहाँ हुन्छ ?
यि र यस्ता कुराहरु त बिद्यालयस्तरबाट नै सिकाईने कुरा हुन,घरपरिवारको जिम्मेवारी छैन् भन्ने ठान्नुहोला तर अह बालबालिकाहरुलाई घरका आमा बुवा भन्दा बिद्यालयका शिक्षक शिक्षिकाले भनेकै प्रिय लाग्छ,उनैले भनेका हरेक कुरा आँखा चिम्म गरेरै पत्ताउछन् । अनि अल्लि केहि समय अगाडी वास फोरम र घोराही उपमहानगरपालिका वडा नम्बर १४ले गरेको बिद्यालयको सरसफाई सम्बन्धी अनुगमनले पनि देखाएको थियो,बिद्यालयको सरसफाई कस्तो हुन्छ भनेर,किनकी अनुगमनका क्रममा बिद्यार्थीहरुले प्रयोग गर्ने चर्पि,खानेपानि धारा कस्तो प्रयोग भईरहेको छ सहजै देखिएको थियो ।
मलाई थाहा छैन् यो समस्या दाङको मात्र हो कि अन्यत्रको पनि हो,तर जे भएपनि सरसफाई सम्बन्धि सचेतना जगाउनुपर्ने बिद्यालयले नै यत्ति फोहर गर्दा बिद्यार्थीले त्यहाँवाट के सिक्ने ? त्यत्तिमात्र होईन उच्च शिक्षाका लागी जाने हाम्रो यहि महेन्द्र बहुमुखि क्याम्पसको हबिगत पनि तिनै बिद्यालय भन्दा कम छैन् । किनकी आज बिहान मात्र म महेन्द्र बहुमुखि क्याम्पस गएको थिए उही पुरानो चर्पि ढोका नै नलाग्ने खालको,चर्पिमा हाल्नलाई पानि नै छैन् । अब चर्पिमा राख्ने पानि सम्म नभएको कलेजले चर्पि प्रयोग पछि साबुन पानिले हात धुनुपर्छ भनेर कसरी सिकाउने ? अचम्म लाग्छ । भवनमात्र ठुला बनायर हुदैन् त्यो बिद्यालय र कलेजले संस्कार सिकाएको छ कि नाई महत्वपुर्ण कुरा तिनै हुन् कि जस्तो लाग्छ मलाई,मैले सरस्वती माध्यामिक बिद्यालयमा पढ्दा पनि चर्पिकै समस्या थियो,महेन्द्र बहुमुखी क्याम्पसमा पुग्दापनि समस्या उहि नै थियो र आजसम्म पनि क्याम्पसमा त हबिगत उहि नै रहेछ । नयाँ नयाँ संरचना थपेर मात्र के गर्नु चर्पिमा पानि नै छैन् भने अनि फेरी साबुन पानि ले हात धुनुपर्छ भन्दै लाखौ रुपैया बिज्ञापनमै खर्चिने पनि हाम्रै परिवेशमा हुन्छ ।
किनकी बिद्यालय,क्याम्पस भनेकै सिक्ने थलो हुन् यहि बाट नै उत्पादित हुने त हुन देश हाक्ने खम्बाहरु अनि हामीले के सिकाईरहेका छौ ? एकपटक सोच्ने कि ?

यि सबै फोटोहरु महेन्द्र बहुमुखि क्याम्पस दाङको शौचालयको हो