Thursday, March 5, 2020

एक सफल तरकारी उद्यमी ......................

खुभागी चौधरी एक सफल तरकारी उद्यमी हुनुहुन्छ । घरको काम सँग सँगै आफुले जानेको पेशालाई, ब्यावसायिक रुपमा अगालेर खुभागीले उद्यमीको परिचय बनाउन सफल हुुनुभएको छ । बिगतका कहाली लाग्दा दिनहरु सम्झीदै खुभागीले भन्नुभयो पाँच रुप्पेका लागी समेत अरु सँग हात थाप्नुपथ्र्यो तर आजभोलि छोरीहरुको पढाई खर्च,घरब्यवहार सबै सम्हालेर पनि सुनौलो भबिष्यका लागी बचत गर्न थालिएको छ ।
समुहमा रहदा ५ रुप्पे बचत गर्न सकस हुने खुभागीलाई अहिले मासिक १हजार बचत गर्न निक्कै सजिलै हुने गरेको छ।
खुभागी चौधरी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.लमही २ केरुनिया दागंको शेयर सदस्य हुुनुहुन्छ ।  काम गर्ने ढृढ संकल्प ईच्छाशक्ति भयो भने जस्तोसुकै अप्ठयारो कामहरु पनि सहजै गर्न सकिने खुभागीले बताउनुभयो ।  हिजका दिनमा नपत्याउने दिदिबहिनीहरुले आजभोलि खुभागी चौधरी सँग सरसल्लाह सँगै सापटी समेत माग्ने गरेका छन् ।

No comments:

Post a Comment