समुहमा रहदा ५ रुप्पे बचत गर्न सकस हुने खुभागीलाई अहिले मासिक १हजार बचत गर्न निक्कै सजिलै हुने गरेको छ।
खुभागी चौधरी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.लमही २ केरुनिया दागंको शेयर सदस्य हुुनुहुन्छ । काम गर्ने ढृढ संकल्प ईच्छाशक्ति भयो भने जस्तोसुकै अप्ठयारो कामहरु पनि सहजै गर्न सकिने खुभागीले बताउनुभयो । हिजका दिनमा नपत्याउने दिदिबहिनीहरुले आजभोलि खुभागी चौधरी सँग सरसल्लाह सँगै सापटी समेत माग्ने गरेका छन् ।