Monday, January 1, 2018

घरआगन सम्म आईपुगेको यो अधिकार आम नागरिकहरुका लागी काम गरी खाने सुबिधामुखि बनोस.....


घोराहीको तुल्सीपुरचोकमा फलफुल ब्यवसाय गर्दै आउनुभएकी राजकुमारी नेपालीको समस्या अनेकौ रहेका छन् २छोरा र २जना छोरी रहेका उनिहरुको लालनपालन सँगै क्यान्सर रोगवाट पिडित श्रीमान्को औषधि उपचार गर्दैमा ऋणधन गरेरै भएपनि लाखौ रकम खर्चिनुपर्यो त्यत्तिमात्र होईन् बस्ने बास सम्म बेच्नुपर्ने परिस्थीति आयो तैपनि क्यान्सर रोगवाट ग्रसीत आफनो श्रीमान्लाई बचाउन नसकेको पिडा उनमा ताजै छ । मनको पिडा एकातिर त छ नै राजकुमारी नेपालीमा,तरपनि जिवन धान्नैपर्ने गुजारा चलाउनैपर्ने बाध्यताले फेरीपनि उनलाई सडक छेउमै बसेर ब्यापार गर्न बाध्य बनाएको छ । नेपालीलाई राम्रोसँग थाहा छ कि गरिबीकै परिणाम आफु यसरी सडक छेउमै बसेर ब्यवसाय गर्नुपर्ने बाध्यता हो भनेर तरपनि नेपालीलाई आफनो पसिनाकै कमाई खानुपर्छ भन्ने मानसिकताले पनि यो ब्यापार गर्न बाध्य बनाएको छ ।
सडक वरपर बसेर ब्यापार गर्नेहरुमा अधिकांश सबैको पिडा मिल्दो जुल्दो नै हुन्छ त्यो हो गरिबी,त्यसतै पिडा घोराही उपमहानगरपालिका रझेना निवासी पार्वती घर्तिको पनि छ । श्रीमान्को मृत्युपछि आफुले छोराछोरीको लालनपालन र घरखर्च चलाउनका लागी सडक छेउमा बसेर मकै पोल्ने ब्यापारको शुरुवात गरेको नै २०वर्ष भैसक्यो त्यसैले होला आजभोलि उहाँलाई सडक नै आफनो घर हो जस्तो लाग्ने गरेको बताउनुहुन्छ दैनिक एकहजार देखि बढिमा पन्ध्रसय सम्मको ब्यापारले आफनो गुजारा चलाउदै आएको उहाँलाई उपमहानगरपालिकाले बजार ब्यवस्थापनको लागी ल्याईदिएको यो योजना अपायक लागेको बताउनुहुन्छ ।
त्यसो त सडक दुर्घटना न्युनिकरण तथा बजार ब्यवस्थीत गर्नका लागी  भन्दै घोराही उपमहानगरपालीकाले फुटपाथका ब्यवसायलाई ब्यवस्थीत गर्न  थालेको छ। यसले सडक छेउमा व्यवसाय गरि दैनीकी गुजारा गर्दे आएका फुटपाते व्यसायीलाइ घोराही उपमहानगरपालीकाको यो योजनाले प्रभावित पार्ने व्यवासयीहरुको गुनासो रहेको छ।
व्यसायीहरुको गुनासो तत्कालका लागी जायज भएपनी दिर्घकालीन रुपमा घोराही उपमहानगरपालीकाले ल्याउन थालेको सडक व्यवसायी व्यवस्थापन कार्यले व्यवसायीहरुलाइ नै फाइदा पुग्ने दावि छ घोराही उपमहानगरपालीका वर्डा न १५ का वर्डा अध्यक्ष रमेश पाण्डेको,तत्कालका लागी मौखीक रुपमा फुटपाथ व्यवसायलाइ व्यवस्थीत गर्न थालीएको पनी वर्डा अध्यक्ष पाण्डेले बताउनुभयो ।
सुन्दर तथा ब्यवस्थीत बजार निर्माणका लागी गरिएको उपमहानगरपालिकाको यो प्रयास अब कार्ययोजना पास गरेपछि अघि बढने  वर्डा अध्यक्ष पाण्डेको भनाइ छ।
यसैविच सम्पुर्ण ब्यवसायीलाई एकतृत गर्ने कार्यलाइ दाङ उद्योग वाणीज्य संघले अघि सारेको छ। दाङ उद्योग बाणिज्य संघले पनि चोकमा रहेका ठेला ब्यवसायलाई ब्यवस्थीतका तरिकाले अघि लैजाने बताउदै दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताउनुभयो ।
देशमा शासन परिवर्तन हुदैछ अर्थात सिंहदरवारको अधिकार घरआगन सम्म आईपुगेको छ । यो अधिकार आम नागरिकहरुलाई काम गरी खाने सुबिधामुखि बनोस,जनप्रतिनिधिमुखी यो शासन जनताको सेवा सुविधा का लागी नै समर्पीत हुन थाल्यो भने आम नागरिकले अपनत्व महसुस गदैै आर्थिक रुपमा पनि सबल र सक्षम हुदै जानेछन् । जस्ले गर्दा देश सम्बृद्धिको दिशामा अघि बढ्ने कतिपयको बुझाई छ ।


No comments:

Post a Comment