Thursday, August 25, 2016

समानता र समता बिच फरक छ नि ?

पितृसत्तात्मक मानसिकताले जरो गाडेको हाम्रो समाजमा आजभोली महिलाहरुलाई हेर्ने र महिलाहरुप्रति गर्ने ब्यवहार फरक हुदै गएको छ ।
यस्तो भनि रहदा फेरी महिलाहरु कमजोर काँहा छन् र आफनो अधिकारको अधिकतम उपभोग गरेकै छन् । महिलाहरुकै लागी भनेर ३३प्रतिशत कोटा पनि हरेक क्षेत्रहरुमा छुट्टाएको छ भन्नेहरुको जमात पनि नभएको होईन् । तरपनि समानता र समता भन्ने कुरालाई बुझन जरुरी नै छ ।
किनकी महिलाहरुलाई पनि समानता को स्थिीतीमा ल्याउनका लागी त समताका अनुसार काम गर्न जरुरी नै छ । तर कहिकतै सार्वजनिक स्थानमा पुगियो भने सामान्य लाईन लाग्नुपर्ने ठाँउमा पनि लौन् किन हो महिलाहरुका लागी पनि छुट्टै लाईन बनाउनुपर्ने अब त महिलाहरुलाई ५० प्रतिशत छुट्टाईसकेको छ अबपनि छुट्टा छुट्टै लाईन बनाउनुपर्ने ? भन्ने पनि सुनिन्छ । यस्तो कुरा सुन्दा भने अचम्म लाग्छ, किनकी हाम्रो समाज जत्तिसुकै खुल्ला फराकिलो मानसिकता भएको भन्दै हिडेपनि,ब्यवहारमा भने अझैपनि फरक छ नि ? महिला र पुरुषका बिचमा बच्चा देखी नै बिभेद गर्न सुरु गरिन्छ, जानेर होस् या अन्जानमा होस् त्यो बिभेद हामीले पनि गरका छौ । रातभरी छोरो घरमै आएन भनेपनि उ माथि कसैलेपनि प्रश्न उठाँउदैन् तर छोरी मान्छेका लागी यस्तो बाताबरण हाम्रो समाजमा पच्न सक्छ र ? सामान्य सार्वजनिक बसमा यात्रा गर्दा होस् या आफनै कार्यालयमा किन नहोस महिलाहरुले यौनदुब्र्यवहार भोग्नुपरेका घटनाहरु सुन्नमा आई नै रहेका हुन्छन् । त्यसैले पनि यस्तै कुराहरुवाट जोगिनका लागी भएपनि लाईन लाग्नुपर्ने ठाँउमा पुरुष र महिला भनेर २वटा लाईन बनाएकै बेस हुन्छ । सुरक्षाका हिसाबले होस् या बराबरीका हिसाबले होस् यस्ता कुराहरुलाई निरन्तरता दिन आवश्यक छ । किनकी आजभोली केही प्राईभेट बैकंहरुले महिला र पुरुषका लागी एउटै लाईन लगाउने गरेका रहेछन् ।

No comments:

Post a Comment