Saturday, October 7, 2023

जनप्रतिनिधी भन्छन् संगसंगै जाँउ

लुम्बिनी प्रदेशका स्वाथ्यमन्त्री राजु खनालले संचार माध्यम र संचार कर्मी लोकतन्त्रका बलिया खम्बा भएको बताएका छन् । कसैको दवाब र प्रभावमा नपरी सत्य र तथ्यका आधारमा आम नागरीकलाइ सुशुचित पार्ने काममा महत्वपुर्ण भूमिका संचारकर्मी र संचार माध्यमको भएको पनि उनले बताए । प्रेस युनियन दाङले जनप्रतिनिधी तथा पार्टि पदाधीकारी संग गरेको अन्तरक्रियात्मक कार्यक्रममा प्रमूख अतिथि स्वास्थ्य मन्त्री खनालले नागरीकका पक्षमा लुम्बिनी प्रदेश सरकार लागि परेको र त्यसमा कमीकमजोरी रहे त्यसको खबरदारी गर्ने काम संचारमाध्यम र संचारकर्मीले गर्नु पर्ने बताए । 

कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टि तथा जनप्रतिनिधीहरुले गरेका राम्रा कामको नागरीक संम्म प्रचारप्रसार र भएगरेका कमी कमजोरीको खवरदारी संचारकर्मीले गर्नुपर्ने बताए ।  कार्यक्रममा लमही नगरपालिकाका प्रमूख जोगराज चौधरी, उपप्रमूख लक्ष्मी योगी, शान्तिनगर गाँउपालिकाका प्रमूख प्रमोद बस्नेत दंगिशरण गाँउपालिकाका प्रमूख शम्भु गिरी, बबै गाँउपालिकाका प्रमूख कुलबहादुर खत्री तथा बंगलाचुली गाँउपालिका उपप्रमूख भक्तबहादुर जिसीले आम नागरीकले तिरेको करमा धेरैको रजाँइ भएको भन्दै त्यसको खबरदारी तथा व्यवस्थापनमा जनप्रतिनिधी तथा संचारकर्मीहरु एक भएर लाग्नु पर्ने बताए । कतिपय स्थानिय तहमा जनप्रतिनिधीका स्वच्छाचारी प्रवृत्तिले सबै जनप्रतिनिधीहरुको बदनाम भएको भन्दै राम्रो काम गर्नेको प्रसंशा र नराम्रोको खवरदारी गरेर नागरीकलाई सचेत बनाउन संचारकर्मीहरुलाई आग्रह पनि गरे । 


कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतमले कहिँ कतै भएका थोरै गल्ती कमजोरीहरु बाहिर आउँछन कि भन्ने डरका कारण स्थानिय तहहरुले गरेको राम्रा कामहरुपनि लुकाउने गरेको बताए । हरेक स्थानिय तहहरु वडास्तरदेखी नै पत्रकार उत्पादनमा लाग्नुपर्ने, संचारमाध्यमको दिगोपनाका लागि निति निमार्णमा ध्यान दिनु पनर्,े तथ्य र तथ्याङ्कमा स्थानिय तह पारदर्शी बन्नुपर्ने लगाएतका कुरामा जनप्रतिनिधीहरु स्पष्ट हुनु पर्ने बताए । संचारमाध्यम र संचारकर्मी सबैको र सधैको प्रतिपक्षि हुने भन्दै त्यसरी नै बुझन र भएका सुचानाहरु नागरीकहरु सम्म पुराउने पत्रकारको काममा सहयोग गर्न पनि जनप्रतिनीधिलाई आग्रह गरे । 


प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन दाङका सल्लाहका सन्तोष सुवेदी, लिला शाह, युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्राई, पार्वती वस्नेत, पत्रकार महासंघ दाङका सचिब आर के सितल लगाएतले आआफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए । 





Thursday, March 5, 2020

एक सफल तरकारी उद्यमी ......................

खुभागी चौधरी एक सफल तरकारी उद्यमी हुनुहुन्छ । घरको काम सँग सँगै आफुले जानेको पेशालाई, ब्यावसायिक रुपमा अगालेर खुभागीले उद्यमीको परिचय बनाउन सफल हुुनुभएको छ । बिगतका कहाली लाग्दा दिनहरु सम्झीदै खुभागीले भन्नुभयो पाँच रुप्पेका लागी समेत अरु सँग हात थाप्नुपथ्र्यो तर आजभोलि छोरीहरुको पढाई खर्च,घरब्यवहार सबै सम्हालेर पनि सुनौलो भबिष्यका लागी बचत गर्न थालिएको छ ।
समुहमा रहदा ५ रुप्पे बचत गर्न सकस हुने खुभागीलाई अहिले मासिक १हजार बचत गर्न निक्कै सजिलै हुने गरेको छ।
खुभागी चौधरी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.लमही २ केरुनिया दागंको शेयर सदस्य हुुनुहुन्छ ।  काम गर्ने ढृढ संकल्प ईच्छाशक्ति भयो भने जस्तोसुकै अप्ठयारो कामहरु पनि सहजै गर्न सकिने खुभागीले बताउनुभयो ।  हिजका दिनमा नपत्याउने दिदिबहिनीहरुले आजभोलि खुभागी चौधरी सँग सरसल्लाह सँगै सापटी समेत माग्ने गरेका छन् ।

तोरी बारी


समुन्नती र कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि. लमहीका दिदिबहिनीहरु


Tuesday, May 1, 2018

राजनिति गर्नका लागी मात्र श्रमिक दिबश............

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरिएको पाईन्छ ।
नेपालमा अधिकांश नेपालीहरु कृषिमा नै आश्रित रहेको पनि तथ्यांकले देखाउछ त्यत्तिमात्र होईन् अधिकाशं युवाहरु बिदेश खाडी धाउनुपर्ने बाध्यता पनि रहेको छ भने यहि आफनै देशमा बसेर ज्याला मजदुरी गर्नेहरुको संख्या पनि कम छैन् । त्यसैले सोच्छु साच्चिकै श्रमिक को हुन ? आफनै ठाँउमा रहेका श्रमिकहरुले के साच्चिकै ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ गर्न पाएकै होलान् त? कुनै कुराको सन्तुलन नै नभएको मेरो देशमा साच्चिकै श्रमिक कस्लाई कस्लाई भन्ने हो?
अहिले परिस्थीति फेरिएको छ किनकी देशमा संघियता आएको छ त्यत्तिमात्र होईन् हरेक नेतागणहरुले बोल्ने भाषणमा पनि हरेक युवाहरुलाई स्वरोजगार बनाउने,देशलाई समृद्धिको बाटोमा लैजाने,देशलाई आर्थिक रुपमा बलियो बनाउने खालका दमदार किसिमका भाषणहरु बोलेको सुन्न पाईन्छ । अरुको मलाई थाहा छैन् म आफैपनि सिक्दै गरेको एक पत्रकार हु मैले गर्ने श्रम (मजदुर) श्रमिक अन्र्तगत तुलना हुन्छ कि हुदैन् अर्थात त्यो अन्र्तगत पर्छ कि पर्दैन् ।
यदि पर्ने नै हो भने आज सरकारले १२९औ श्रमिक दिबशका अबसरमा सार्बजनिक बिदा दियो,निजि संघ संस्थाहरुले समेत बिदा दिए तर खोई हामी रेडियोमा बोल्नेको बिदा भएन् । घर बनाउने मजदुर,लेबरको अह मैले कतै बिदा देखीन् मकै पोल्ने,गिटिट कुट्ने दिदिबहिनीको पनि खै त मैले बिदा भएको देखिन अन्यथा नलागोस तर के श्रमको पनि उच्च ओहोदा र आर्थिक रुपमा सम्पन्नशाली ब्यक्तित्वहरु सँग मात्र सम्बन्ध हुन्छ ?  हुन त म शुरुमा रहरले प्रबेश गरेको यो पेशामा अहिले सोच्न बाध्य भएको छु हामी समाजसेवा गर्दै छौ कि श्रमीक भयर काम गर्दै छौ ?

मेरो मात्र के कुरा रह्यो र अधिकांश श्रमिकहरु जस्ले बिहान ८बजेदेखी बेलुका ५बजेसम्म ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई सम्म यो श्रमिक दिबश भनेकै थाहा नभईरहेको अवस्थामा कसरी श्रमिक वर्गका हकहितका सवालमा कुराहरु उठ्छन् होला अचम्म लाग्छ त्यत्तिमात्र होइन् श्रमिक वर्गका नाममा राजनिति गर्ने परिपाटिको पनि कहिले अन्तय हुन्छ होला वा भनौ राजनिति
गर्नका लागी मात्र श्रमिक दिबश,कार्यक्रम गर्नका लागी मात्र श्रमिक दिबश कहिले सम्म? किनकी कुनैपनि काम वा समस्या समाधानका लागी कदम बढाईन्छ भने त्यो समस्याको समाधान हुनपर्यो कामको प्रतिफल देखिनुपर्यो नि खै त परिणाम ? खाली नेताहरुको लागी राजनिति गर्ने थलोमात्र बनेका छन् आजभोलि अधिकांश दिबशहरु सरकार,यस्को अन्तय कहिले हुन्छ ......

Wednesday, April 25, 2018

उच्च शिक्षा दिने क्याम्पस समेत शौचालयमा पानि बिहिन छ

खाना खानुअघि र खाना खाईसकेपछि,अनि शौच गरेपछि पनि सफासँग साबुन पानिले हात धुनुपर्छ भनेर बिज्ञापन मार्फत सिकाईने गरिन्छ । हामी यस्तो देशको नागरिक हौ ।
पछिल्लो तथ्याङलाई नै हेर्ने हो भने महिला साक्षरतादरमा समेत बृद्धि भएको देखाउछ अब कस्लाई पढेलेखेको भन्ने जबकी पढेलेखेकै महामहिम मानबहरुले समेत साबुन पानिले हात धुनुपर्छ भन्ने सम्मको हेक्का राख्दैनौ भने प्रगति के मा र काहाँ हुन्छ ?
यि र यस्ता कुराहरु त बिद्यालयस्तरबाट नै सिकाईने कुरा हुन,घरपरिवारको जिम्मेवारी छैन् भन्ने ठान्नुहोला तर अह बालबालिकाहरुलाई घरका आमा बुवा भन्दा बिद्यालयका शिक्षक शिक्षिकाले भनेकै प्रिय लाग्छ,उनैले भनेका हरेक कुरा आँखा चिम्म गरेरै पत्ताउछन् । अनि अल्लि केहि समय अगाडी वास फोरम र घोराही उपमहानगरपालिका वडा नम्बर १४ले गरेको  बिद्यालयको सरसफाई सम्बन्धी अनुगमनले पनि देखाएको थियो,बिद्यालयको सरसफाई कस्तो हुन्छ भनेर,किनकी अनुगमनका क्रममा बिद्यार्थीहरुले प्रयोग गर्ने चर्पि,खानेपानि धारा कस्तो प्रयोग भईरहेको छ सहजै देखिएको थियो ।

मलाई थाहा छैन् यो समस्या दाङको मात्र हो कि अन्यत्रको पनि हो,तर जे भएपनि सरसफाई सम्बन्धि सचेतना जगाउनुपर्ने बिद्यालयले नै यत्ति फोहर गर्दा बिद्यार्थीले त्यहाँवाट के सिक्ने ? त्यत्तिमात्र होईन उच्च शिक्षाका लागी जाने हाम्रो यहि महेन्द्र बहुमुखि क्याम्पसको हबिगत पनि तिनै बिद्यालय भन्दा कम छैन् । किनकी आज बिहान मात्र म महेन्द्र बहुमुखि क्याम्पस गएको थिए उही पुरानो चर्पि ढोका नै नलाग्ने खालको,चर्पिमा हाल्नलाई पानि नै छैन् । अब चर्पिमा राख्ने पानि सम्म नभएको कलेजले चर्पि प्रयोग पछि साबुन पानिले हात धुनुपर्छ भनेर कसरी सिकाउने ? अचम्म लाग्छ । भवनमात्र ठुला बनायर हुदैन् त्यो बिद्यालय र कलेजले संस्कार सिकाएको छ कि नाई महत्वपुर्ण कुरा तिनै हुन् कि जस्तो लाग्छ मलाई,मैले सरस्वती माध्यामिक बिद्यालयमा पढ्दा पनि चर्पिकै समस्या थियो,महेन्द्र बहुमुखी क्याम्पसमा पुग्दापनि समस्या उहि नै थियो र आजसम्म पनि क्याम्पसमा त हबिगत उहि नै रहेछ । नयाँ नयाँ संरचना थपेर मात्र के गर्नु चर्पिमा पानि नै छैन् भने अनि फेरी साबुन पानि ले हात धुनुपर्छ भन्दै लाखौ रुपैया बिज्ञापनमै खर्चिने पनि हाम्रै परिवेशमा हुन्छ ।
किनकी बिद्यालय,क्याम्पस भनेकै सिक्ने थलो हुन् यहि बाट नै उत्पादित हुने त हुन देश हाक्ने खम्बाहरु अनि हामीले के सिकाईरहेका छौ ? एकपटक सोच्ने कि ?
यि सबै फोटोहरु महेन्द्र बहुमुखि क्याम्पस दाङको शौचालयको हो