Monday, March 12, 2018

अरुलाई केहि पर्दा मात्र किन स्टाटसले फेसबुकका भित्ताहरु रङिनछन.............


बिगत र अहिले तुलना गर्दा महिला साक्षरतामा समेत बृद्धि भएकै छ । बिगत र अहिले तुलना गर्नैपर्दा महिलाहरु अर्थात बुहारीहरु पनि पाईन्टमा सजिएरै हिडेकै छन् बिगत र अहिले तुलना गर्नैपर्दा महिलाहरु आत्मनिर्भर बनेका उदाहरणहरु देखिन थालेकै छन् र पनि महिलाले अमानबिय ब्यवहार भोगेको तिता घटनाहरु पनि सुनिएकै छन् ।
१०८औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिबश मनाईरहदा कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि बोक्सीको आरोपमा ७ घण्टा निर्घात कुटपिट भयो । यसरी कुटपिट भईरहदा त्यहाँका गाउँलेहरुले रमिता हेरे, ताली पड्काए भने जनप्रतिनिधि पनि रमिते नै बने, भनेपछि किताब रटेर पढेको शिक्षाको के काम,किनकी हामीले सहि र गलत छुट्टाउन नै सक्दैनौ भने कालोलाई कालो नै देखिनुपर्छ सेतोलाई सेतो नै तर हामीले ठिक उल्टो देख्दैछौ र अरुले जे भने र जे देखाए त्यसैमा आखाँ बन्द गरेरै अन्धभक्तका साथ बिश्वास गर्दैछौ भने हामीले पढेको के काम ?

हिजोका दिनमा बुबाको अगाडी चुईई आवाज निकाल्न नस्कने छोरी हुन वा बुहारी आजभोलि खुलस्त आफना कुराहरु राख्न सक्ने हैसियतमा पुगिसकेकी छिन् । आफुलाई मन लागेको हरेक कुरामा परिवार सँग बसेर बहस गर्नसक्ने हैसियतमा पुगिसकेको छिन् र पनि अझै समाजमा महिलाहरुले जघन्य खालका अपमान ब्यहर्नुपरेका समाचारहरु सुन्नुपर्ने अवस्था छ,भनेपछि अहिलेसम्म काम गर्दै आएका महिला संघ संस्थाहरु,महिला अधिकारकर्मीहरु मानबअधिकारकर्मीहरु,१०बर्षे शसस्त्र द्धन्द्ध र महिलाका सवालमा बनेका कानुनहरुमाथि पनि प्रश्न चिन्ह खडा भएको छ किनकी हामीले गरेका कामहरुले समाज परिवर्तन गर्नका लागी कस्तो खालको भुमिका निर्बाह गरेका रहेछौ त ? सबैले चिसो दिमाग लियर एकपटक सोच्नैपर्ने अवस्था भने सिर्जना भएको छ ।

हो समय हिजोभन्दा आज फरक पक्कै भएकै छ किनकी आज मान्छे प्रबिधिसँग रमाउन र प्रविधिको प्रयोग गर्न पोख्त भैसकेको छ,यो प्रबिधिको प्रयोग गर्नसक्ने हैसियतको मान्छे बनिसक्दा सम्म हामीपनि किन रमिते मात्र बन्दैछौ त? अरुलाई केहि पर्दा मात्र किन स्टाटसले फेसबुकका भित्ताहरु रङिनछन् अनि यसैबेलामात्र हरेक अधिकारकर्मी देखी सरकार पनि जागेको देखिन्छ । खहरे खोला जस्तै बग्ने हाम्रो देशको अधिकार अरुबेला कता बग्छ होला कुन्नि त्यो नि जान्न मन छ ।

समग्रमा भन्नुपर्दा हामीलाई बिद्यालयमा सिकाईएको कुरापनि तिनै हुन् अन्याय गर्नुभन्दा अन्याय सहनु झन ठुलो अपराध हो,सानालाई माया गर,ठुलालाई आदर गर,मानिस ठुलो दिलले हुन्छ जातले हुदैन् आदि–आदि तर यिनै किताबी ज्ञानहरु यर्थाथ जिवनभोगाई सम्म आईपुग्दा ठ्याक्कै फरक हुने गर्दछन् । मानिसले देखाउने र गर्ने ब्यवहार पनि अचम्मको नै हुने गर्दछ, तर यो भनिरहदा अरुले जस्तो गर्यो मैलेपनि तेस्तै गर्नैपर्छ भन्ने नि होईन् तर किताबी ज्ञानबाट सिकेका कुराले र घरमा अभिभावकले सिकाएका सकारात्मक कुराबाट पनि हामीले सहिलाई सहि र गलतलाई गलत भनेर छुट्याउन सक्नुपर्ने,के हामीमा त्यत्ति बिबेक पनि छैन् त यदि हामीमा त्यत्तिपनि बिबेक छैन् भने हामीलाई पशु भन्दा नै ठिक हुनेछ । किनकी पशुलाई लगाम लगायर भएपनि ठाँउमा ल्याउन त सकिन्छ ।