Monday, December 11, 2017

पुजिँवादीयुगको शुरुवात भनौ यहाँपनि महिलाहरु शो–पिसका सामाग्रीहरु बन्न बाध्य भएका छौ ।



सन् १९७०को दशक वाट महिलाहरुको शसक्तीकरणका सवालमा देश तथा विदेशवाट नै कामको थालनी भयको पाईन्छ त्यसकै परिणाम हो । अहिले हाम्रो जस्तो विकाशिल देशमा पनि महिलाहरुलाई हेर्ने नजरमा,सोचमा बिस्तारै परिवर्तन आउन थालेको छ ।
किनकी मैले थाहा पाउदा सम्म विवाहित गृहणी महिलाहरुले हाम्रो समाजमा पाईन्ट र टिर्सट लगायर हिडेको देख्नै मुस्कील हुन्थ्यो कथम कदाचित कसैले लगायको त्यस्तो देखिहालेमा पनि सबैजनाले ठुलाँ ठुला आँखा पारेर हेरेको हेर्र्यै गर्थे, त्यस्तो समाजमा हुर्किएकी हु म,तर आजभोली यि सबै कुराहरु सामान्य लाग्न थालेका छन् । कपडा लगाउनमा मात्र होईन,मोटर हाक्न,सामाजिक कार्यमा,ठुला ठुला पदहरुमा पनि महिलाहरुलाई देख्न सकिन्छ ।
यस्ता कुराहरुले गर्दा नै होला आजभोली साच्चिँकै,आम महिलाहरुलाई हेर्ने दृष्टिकोण र सोचमा बिस्तारै परिवर्तन आउन नै थालेको छ । तर यसो भनिरहदा अझैपनि पुरुषहरुलाई जसरी समाजले आँखा चिम्म गरेरै विश्वास गर्छ त्यसरी नै महिलाहरुले गर्ने काममा महिला भयकै कारणले होला त्यत्ति विश्वास गरिएको अझैपनि पाईदैन् । किनकी समय–समयमा पत्रपत्रिकाहरुमा आउने समाचारहरुले पनि यो कुरालाई पुष्टि गरेको छ । जस्तो समान कामको असमान ज्याला पाउन बाध्य छन् श्रमिक महिलाहरु,महिला भयकै कारण जिम्मेवारीपुर्ण कामका लागी महिलाहरुलाई त्यत्ति विश्वास गरिएको पाईदैन्,काम गर्ने स्थानहरु अझैपनि महिलामैत्रि भयनन् ,काम गर्ने स्थानमा महिला सुरक्षित छैनन् जस्ता समाचारहरुले पनि के हाम्रो समाजले महिलाहरुलाई हेर्ने सोचमा साच्चिँकै परिवर्तन नआयकै हो त? सोच्न बाध्य पार्छ ।
तर मैले यस्तो भनिरहदा,हाम्रो समाजमा त्यस्ता मानिसहरुपनि छन् जस्ले गणतन्त्र आयपछि महिलाहरुका लागी अत्यधिक कानूनहरुको परिमार्जन भयो महिलालाई धेरै कानून भयो अब महिलाहरुले जे गरेपनि हुन्छ भन्नेहरुपनि यहि समाजमा भेट्न सकिन्छ । तर ग्रामीण भेगमा रहेकी एउटी महिला जो पिडित छिन् आजित छिन् उनको पहुँचमा त्यो कानून पुग्न सकेको छ कि छैन् ?त्योपनि सोच्न जरुरी छ । हो हिजोका दिनमा आफुमाथि जत्ति नै अन्याय भयपनि चुप लागेर घरभित्रको कुरा घरमै मिलाउनुपर्छ भनि सहने महिलाहरु आजभोली म माथि अन्याय भयो भनेर घरबाहिर निस्कन सक्ने भयका छन् यो महिलाहरुमा आयको चेतना नै हो । त्यसैले होला आजभोली महिला हिंसा लगायतका घटनाहरुको बारेमा पनि पत्रपत्रिकामा समाचार अत्यधिक मात्रामा पढ्न पाईन्छ । हिंसा सहेर बस्नुहुदैन् भन्ने चेतना त आयो महिलाहरुमा तर न्याय पाउने आशामा आफना घरका कुराहरु बाहिर छताछुल्ल पोखेर पछि फेरी त्यहि घरमा फर्किदा ति महिलाको भावि जिवनमा न्याय भयो कि अन्याय, यस विषयमा पनि हामीले कत्ति गम्भीर भयर सोच्यौ त त्यतातिर पनि ध्यान दिन जरुरी छ जस्तो लाग्छ । 
मैले यसरी भनिरहदा सबै पुरुषहरु अति दमित,शोषित नै हुन्छन् भन्न खोजेको भने पक्कै होईन तर समग्र संरचनालाई नै हेरेर भन्नुपर्दा पुरुषको तुलनामा महिलाहरु प्रताडित छन् दवाईएका छन् ,अनेकौ ईच्छा र आंकाक्षाहरु कुण्ठीत बनायर बस्न बाध्य भएका छन् । किनकी “मनुस्मृतिमै उल्लेख गरिय अनुसारः महिलाहरु केटाकेटीमा बाबुको बन्धनमा हुन्छन् युवती अवस्थामा श्रीमान्को नियन्त्रणमा हुन्छन् भने बुढ्यौली अवस्थामा छोराहरुमाथि निर्भर हुन्छन् ।” यस्ले पनि चित्रण गरेको छ महिलाहरुलाई हाम्रो समाजले हेर्ने अवस्थाको बारेमा,यत्तिमात्र होईन् ईतिहासदेखी नै महिलाहरु,कुसंस्कार,बेथितिको शिकार बन्दै आयका छन् भने आर्थिक,राजनितिक,सामाजिक आदि क्षेत्रको मुलप्रवाहवाट नै उनिहरु बाहिर रहेका छन् । हिसां भन्ने कुरा आज र भोलीको मात्र उपज होईन् यो त प्रारम्भीक युगवाट नै अर्थात मानिसहरु दास युगमा प्रवेश गर्दा बाट नै शुरुवात भयको पाईन्छ तर आजभोली मान्छेको सोच परिमार्जन हुदैछ भन्न चाहन्छु किनकी महिलाहरुलाई हेर्ने सोचमा केही तलमाथि भयकै छ,भन्नैपर्छ नहुदो हो त,छोरीहरु विद्यालय जान पाउदैन् थिय होला,विस्तारै कुरिति र कुसंस्कारहरुलाई तोडिने थियन होला र यसरी नेपाली समाजमा चेतनाको लहर आउदै थियो होला ।
तर जानेर हो या नजानेर नै हो,अहिले पनि हामी पाश्चात्य शैली सँग नजिक हुदा  पुजिँवादीयुगको शुरुवात भनौ यहाँपनि महिलाहरु शो–पिसका सामाग्रीहरु बन्न बाध्य भएका छौ । किनकी विश्व बजारका काउण्टरहरुमा ग्राहकहरुको आर्कषणका लागी महिलाहरुलाई खडा गरिएको छ । वास्तवमा पुरुषहरुले प्रयोग गर्ने रेजर र ब्लेडहरुको समेत महिलाहरुवाट बिज्ञापन गराईनुले आजको युगँमा पनि महिला पैसा आर्जनका निम्ती,बजार बिस्तारका निम्ती महिलाहरुको प्रयोग भयको पुष्टि हुन्छ ।
यर्सथ महिलाहरुको अवस्था सुधारका लागी विश्व सम्मेलनहरुपनि नभयका होईनन् सन् १९५५मा चिनको राजधानि बेईजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा नेपालवाट नेतृ साहाना प्रधानको नेतृत्वमा नेपाली महिलाहरु सहभागि भयका थिय । उक्त सम्मेलन पश्चान नै सन् १९९५ मा नै महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो भने सन् १९९६ देखी त्रिभुवन विश्वविद्यालय अन्र्तगत पद्मकन्या क्याम्पसमा पोष्ट ग्राजुएट डिप्लोमा अन वुमन स्टडीको शुरुवात भयको थियो भने स्थानिय स्वायत्त शासन ऐन २०५५ले स्थानिय निकायका वडाहरुमा एकजना महिला सदस्य तथा परिषदमा पनि महिला सदस्य हुनुपर्ने अनिवार्य ब्यवस्था गरेको पाईन्छ । यसरी जत्तिपनि महिला सम्मेलनहरु भयका छन् त्यसमा नेपालले पनि सहभागिता जनाएको पाईन्छ तर ब्यवहारमा भने त्यसको पालना सायदै कमै भयको छ । महिलाहरुको उत्थान,शसक्तिकरणका लागी भनेर नै थुप्रै संघ संस्थाहरुले अहिले काम गर्दै आईरहेका छन् यस्लाई सकारात्मक पनि मान्नुपर्छ । तर जबसम्म महिला शैक्षिक,आर्थिक रुपमा शसक्त र मजबुत हुदैनिन् तबसम्म समाज बिकासतिर उन्मुख हुन गाह्रो नै छ । यसर्थ महिला साक्षरता सँगै पितृसत्तात्मक समाजले पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्ने हो भने पुरुष सँग काधमा काँध जोडेर देश बिकास र निर्माणका कार्यमा अघि बढ्नमा महिलाहरुको पनि अह्म भूमिका रहनेछ । किनकी महिला शिक्षित,भईन भने आर्थिक रुपमा पनि उनि सक्षम हुन्छिन् तर्सथ यस्ले देशलाई विकासशिल वाट विकसीत तर्फ उन्मुख गराउन अझ महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ ।


Thursday, December 7, 2017

यादहरु........
















प्रकतिको सुन्दरता