Tuesday, May 9, 2017

तस्वीरमा पनि सबै रङ्गहरु पोतिदा मात्र आर्कषक देखीन्छ...........

यहाँ सबैको आफनै परिवेश छ सबैको आफनै कथा छ । हुनेहरु पनि यहि छन् केही नभयर रुनेहरु पनि यहि नै छन् । हुनेलाई पनि आफनै किसीमको तनाव छ नहुनेहरुलाई झनै बिहान र बेलुकाको छाक टार्नकै समस्या छ ।
मानविय जिवन न हो सबैलाई आफनो जिवन प्यारो लाग्छ तर आफनो जिवन प्यारो लाग्दा लाग्दैपनि जिवन देखी बिरक्तियर आत्महत्या गर्नेहरुपनि यहि समाजमा छन् । तरपनि यस्तै कुराहरु सँग संघर्ष गर्दै र लड्दै जिउन सके त्यो सहि अर्थमा जिवन बाँचियको हुने रहेछ । यहाँ सयथरी जातका मानिसहरुको बाहुल्यता छ,धर्म संस्कृति छ जुन हुनुपनि पर्दछ किनकी विभिन्न रङले भरियर पोतियको तस्वीर नै सुन्दर अनि आर्कषक देखिने गर्दछ । यहाँ हरेकलाई सुन्दर कुराहरु आफनै जस्तो लाग्दछ तर कसैलेपनि समाजमा रहेको नराम्रो कुरालाई कसरी हुन्छ सुुधार गरेर राम्रो देखाउन चाहदैन् । त्यसैले पनि त भनियको होला बलेको आगो ताप्ने यहाँ धेरै छन् ।
मान्छको स्वभाव पनि हो समय सँगै हरेक कुराहरु बिर्सदै जाने,तर राम्रा र सुन्दर यादहरुलाई भने ताजा राख्न सके राम्रो हुने हो तर मान्छे स्वार्थी नै हुन्छ त्यसैले होला नराम्रा कुराहरुलाई बारम्बार सम्झने प्रयास गर्दछ । यो दुईदिनको जिवनमा कत्ति धेरै आफनाहरु सँग सम्बन्ध गासीयको हुन्छ गासिँएका जत्ति सबै सम्बन्धहरु पनि त मनले खायका हुदैनन् त्यसैले होला आफना भनिनेहरु सँग पनि कहिलेकाहि मनमुटाव हुने गर्दछ । एउटा ब्यक्तिको परिवेशले त यत्ति धेरै समस्याहरु झेल्नुपर्छ भने यो समाजमा त करोडौ मानिसहरु छन् उनिहरुको स्वभाव पनि त थरीथरीकै होलान् ? तर हरेक मानिसले यो बुझन जरुरी छ कि हामी यहाँ दुईदिनको पाहुना भयर आएका छौ सहि अर्थमा हाम्रो भुमिका के हो निर्वाह गरौ,अनि एकदिन त यो संसारवाट बिदाई हुनु नै छ तर यो साश्वत सत्य हो,भन्ने जान्दा जान्दैपनि किन हो कुन्नि हामी आफुलाई अलौकिक नै ठान्दछौ अचम्म छ ।
फेरीपनि भन्न चाहे जसरी तस्वीरमा पनि सबै रङ्गहरु पोतिदा मात्र आर्कषक देखीन्छ यो समाज पनि त सबै रङ्गहरुले भरिदा मात्र राम्रो देखियको छ भरिभराउ देखिएको छ त्यसैले जातजातिले भरिएको हाम्रो समाजमा आजैवाट विभेद भन्ने कुरा नगरौ चाहे त्यो महिला र पुरुषको जातमाथि होस् या अन्य जातजातिमाथि गरिने विभेद होस् परापुर्वकाल देखी चल्दै आयको यस्ता कुराहरुलाई फाल्न जरुरी छ । आजवाट नै हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर प्रश्न गर्ने थालनीको शुरुवात गरौ जय देश