दाङमा महीलाको स्वामीत्वमा जग्गा राख्नेक्रम पछील्लो केही समययता वढन थालेको पाइन्छ ।
नेपाल सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५प्रतिशत राजस्वमा छुट दिन थालेपछि महिला स्वामित्वमा बृद्धि हुन थालेको जिल्ला मालपोत कार्यालय घोराही दाङले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको माघ महिना सम्ममा जम्मा ४ हजार ४ सय २२जना महिलाको नाममा जग्गाको स्वामित्व रहेको जिल्ला मालपोत कार्यालय दाङको रेकर्डले देखाउछ । २०७३÷२०७४ सालको माघ सम्ममा महिला छुट रकम १करोड २०लाख ९३हजार ४सय ६० रहेको जिल्ला मालपोत कार्यालय दाङका अधिकृत भुपेन्द्र बहादुर देवकोटाले बताउनुभयो ।
महिलाको नाममा स्वामित्व रहनुले पनि महिला आर्थिक रुपमा बलियो रहेको तथ्याङले देखाउछ तर बदलिदो परिवेश सँगै आजभोली भने संयूक्त लालपुर्जा लिने परिपाटिमा पनि त्यतीकै बृद्धि हुदै गएको छ । संयूक्त रुपमा लालपुर्जा लिदा खर्च कम हुनुका साथै अन्य फाईदाहरु समेत रहेकाले संयुक्त लालपुर्जा लिनेकक्रम पनी रहेको जिल्ला मालपोत अधिकृत देवकोटा वताउनुहुन्छ
गतवर्ष ४५जनाले संयूक्त लालपूर्जा लिएकोमा यसवर्ष देखी तुलसीपुर र लमहीमा पनि मालपोत कार्यालय स्थापना भएकाले घोराहीमा संख्या कम देखीएपनी संयुक्त लालपुर्जा वनाउने क्रम पछील्लो समय दाङमा निरन्तर रहेको मालपोत अधिकृत देवकोटाको भनाइ छ
त्यसो त सरकारले महीलाको नाममा जग्गा पास गर्दा दिने २५ प्रतीसत राजस्व छुटको नीती सरकारले अघि सारेपछी मह्ीलाको नाममा जग्गाको स्वामीत्व दिने क्रम वढेको हो । तथापि यसले महीलाहरुको सम्पतीमा पहुच पुग्नुलाइ सकारात्मक रुपमा लीन सकीने कतीपयको वुझाइ छ ।