Monday, December 11, 2017

पुजिँवादीयुगको शुरुवात भनौ यहाँपनि महिलाहरु शो–पिसका सामाग्रीहरु बन्न बाध्य भएका छौ ।



सन् १९७०को दशक वाट महिलाहरुको शसक्तीकरणका सवालमा देश तथा विदेशवाट नै कामको थालनी भयको पाईन्छ त्यसकै परिणाम हो । अहिले हाम्रो जस्तो विकाशिल देशमा पनि महिलाहरुलाई हेर्ने नजरमा,सोचमा बिस्तारै परिवर्तन आउन थालेको छ ।
किनकी मैले थाहा पाउदा सम्म विवाहित गृहणी महिलाहरुले हाम्रो समाजमा पाईन्ट र टिर्सट लगायर हिडेको देख्नै मुस्कील हुन्थ्यो कथम कदाचित कसैले लगायको त्यस्तो देखिहालेमा पनि सबैजनाले ठुलाँ ठुला आँखा पारेर हेरेको हेर्र्यै गर्थे, त्यस्तो समाजमा हुर्किएकी हु म,तर आजभोली यि सबै कुराहरु सामान्य लाग्न थालेका छन् । कपडा लगाउनमा मात्र होईन,मोटर हाक्न,सामाजिक कार्यमा,ठुला ठुला पदहरुमा पनि महिलाहरुलाई देख्न सकिन्छ ।
यस्ता कुराहरुले गर्दा नै होला आजभोली साच्चिँकै,आम महिलाहरुलाई हेर्ने दृष्टिकोण र सोचमा बिस्तारै परिवर्तन आउन नै थालेको छ । तर यसो भनिरहदा अझैपनि पुरुषहरुलाई जसरी समाजले आँखा चिम्म गरेरै विश्वास गर्छ त्यसरी नै महिलाहरुले गर्ने काममा महिला भयकै कारणले होला त्यत्ति विश्वास गरिएको अझैपनि पाईदैन् । किनकी समय–समयमा पत्रपत्रिकाहरुमा आउने समाचारहरुले पनि यो कुरालाई पुष्टि गरेको छ । जस्तो समान कामको असमान ज्याला पाउन बाध्य छन् श्रमिक महिलाहरु,महिला भयकै कारण जिम्मेवारीपुर्ण कामका लागी महिलाहरुलाई त्यत्ति विश्वास गरिएको पाईदैन्,काम गर्ने स्थानहरु अझैपनि महिलामैत्रि भयनन् ,काम गर्ने स्थानमा महिला सुरक्षित छैनन् जस्ता समाचारहरुले पनि के हाम्रो समाजले महिलाहरुलाई हेर्ने सोचमा साच्चिँकै परिवर्तन नआयकै हो त? सोच्न बाध्य पार्छ ।
तर मैले यस्तो भनिरहदा,हाम्रो समाजमा त्यस्ता मानिसहरुपनि छन् जस्ले गणतन्त्र आयपछि महिलाहरुका लागी अत्यधिक कानूनहरुको परिमार्जन भयो महिलालाई धेरै कानून भयो अब महिलाहरुले जे गरेपनि हुन्छ भन्नेहरुपनि यहि समाजमा भेट्न सकिन्छ । तर ग्रामीण भेगमा रहेकी एउटी महिला जो पिडित छिन् आजित छिन् उनको पहुँचमा त्यो कानून पुग्न सकेको छ कि छैन् ?त्योपनि सोच्न जरुरी छ । हो हिजोका दिनमा आफुमाथि जत्ति नै अन्याय भयपनि चुप लागेर घरभित्रको कुरा घरमै मिलाउनुपर्छ भनि सहने महिलाहरु आजभोली म माथि अन्याय भयो भनेर घरबाहिर निस्कन सक्ने भयका छन् यो महिलाहरुमा आयको चेतना नै हो । त्यसैले होला आजभोली महिला हिंसा लगायतका घटनाहरुको बारेमा पनि पत्रपत्रिकामा समाचार अत्यधिक मात्रामा पढ्न पाईन्छ । हिंसा सहेर बस्नुहुदैन् भन्ने चेतना त आयो महिलाहरुमा तर न्याय पाउने आशामा आफना घरका कुराहरु बाहिर छताछुल्ल पोखेर पछि फेरी त्यहि घरमा फर्किदा ति महिलाको भावि जिवनमा न्याय भयो कि अन्याय, यस विषयमा पनि हामीले कत्ति गम्भीर भयर सोच्यौ त त्यतातिर पनि ध्यान दिन जरुरी छ जस्तो लाग्छ । 
मैले यसरी भनिरहदा सबै पुरुषहरु अति दमित,शोषित नै हुन्छन् भन्न खोजेको भने पक्कै होईन तर समग्र संरचनालाई नै हेरेर भन्नुपर्दा पुरुषको तुलनामा महिलाहरु प्रताडित छन् दवाईएका छन् ,अनेकौ ईच्छा र आंकाक्षाहरु कुण्ठीत बनायर बस्न बाध्य भएका छन् । किनकी “मनुस्मृतिमै उल्लेख गरिय अनुसारः महिलाहरु केटाकेटीमा बाबुको बन्धनमा हुन्छन् युवती अवस्थामा श्रीमान्को नियन्त्रणमा हुन्छन् भने बुढ्यौली अवस्थामा छोराहरुमाथि निर्भर हुन्छन् ।” यस्ले पनि चित्रण गरेको छ महिलाहरुलाई हाम्रो समाजले हेर्ने अवस्थाको बारेमा,यत्तिमात्र होईन् ईतिहासदेखी नै महिलाहरु,कुसंस्कार,बेथितिको शिकार बन्दै आयका छन् भने आर्थिक,राजनितिक,सामाजिक आदि क्षेत्रको मुलप्रवाहवाट नै उनिहरु बाहिर रहेका छन् । हिसां भन्ने कुरा आज र भोलीको मात्र उपज होईन् यो त प्रारम्भीक युगवाट नै अर्थात मानिसहरु दास युगमा प्रवेश गर्दा बाट नै शुरुवात भयको पाईन्छ तर आजभोली मान्छेको सोच परिमार्जन हुदैछ भन्न चाहन्छु किनकी महिलाहरुलाई हेर्ने सोचमा केही तलमाथि भयकै छ,भन्नैपर्छ नहुदो हो त,छोरीहरु विद्यालय जान पाउदैन् थिय होला,विस्तारै कुरिति र कुसंस्कारहरुलाई तोडिने थियन होला र यसरी नेपाली समाजमा चेतनाको लहर आउदै थियो होला ।
तर जानेर हो या नजानेर नै हो,अहिले पनि हामी पाश्चात्य शैली सँग नजिक हुदा  पुजिँवादीयुगको शुरुवात भनौ यहाँपनि महिलाहरु शो–पिसका सामाग्रीहरु बन्न बाध्य भएका छौ । किनकी विश्व बजारका काउण्टरहरुमा ग्राहकहरुको आर्कषणका लागी महिलाहरुलाई खडा गरिएको छ । वास्तवमा पुरुषहरुले प्रयोग गर्ने रेजर र ब्लेडहरुको समेत महिलाहरुवाट बिज्ञापन गराईनुले आजको युगँमा पनि महिला पैसा आर्जनका निम्ती,बजार बिस्तारका निम्ती महिलाहरुको प्रयोग भयको पुष्टि हुन्छ ।
यर्सथ महिलाहरुको अवस्था सुधारका लागी विश्व सम्मेलनहरुपनि नभयका होईनन् सन् १९५५मा चिनको राजधानि बेईजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा नेपालवाट नेतृ साहाना प्रधानको नेतृत्वमा नेपाली महिलाहरु सहभागि भयका थिय । उक्त सम्मेलन पश्चान नै सन् १९९५ मा नै महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो भने सन् १९९६ देखी त्रिभुवन विश्वविद्यालय अन्र्तगत पद्मकन्या क्याम्पसमा पोष्ट ग्राजुएट डिप्लोमा अन वुमन स्टडीको शुरुवात भयको थियो भने स्थानिय स्वायत्त शासन ऐन २०५५ले स्थानिय निकायका वडाहरुमा एकजना महिला सदस्य तथा परिषदमा पनि महिला सदस्य हुनुपर्ने अनिवार्य ब्यवस्था गरेको पाईन्छ । यसरी जत्तिपनि महिला सम्मेलनहरु भयका छन् त्यसमा नेपालले पनि सहभागिता जनाएको पाईन्छ तर ब्यवहारमा भने त्यसको पालना सायदै कमै भयको छ । महिलाहरुको उत्थान,शसक्तिकरणका लागी भनेर नै थुप्रै संघ संस्थाहरुले अहिले काम गर्दै आईरहेका छन् यस्लाई सकारात्मक पनि मान्नुपर्छ । तर जबसम्म महिला शैक्षिक,आर्थिक रुपमा शसक्त र मजबुत हुदैनिन् तबसम्म समाज बिकासतिर उन्मुख हुन गाह्रो नै छ । यसर्थ महिला साक्षरता सँगै पितृसत्तात्मक समाजले पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्ने हो भने पुरुष सँग काधमा काँध जोडेर देश बिकास र निर्माणका कार्यमा अघि बढ्नमा महिलाहरुको पनि अह्म भूमिका रहनेछ । किनकी महिला शिक्षित,भईन भने आर्थिक रुपमा पनि उनि सक्षम हुन्छिन् तर्सथ यस्ले देशलाई विकासशिल वाट विकसीत तर्फ उन्मुख गराउन अझ महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ ।


Thursday, December 7, 2017

यादहरु........
















प्रकतिको सुन्दरता














                                                                                 
                                                                             














                                                                                 













Tuesday, May 9, 2017

तस्वीरमा पनि सबै रङ्गहरु पोतिदा मात्र आर्कषक देखीन्छ...........

यहाँ सबैको आफनै परिवेश छ सबैको आफनै कथा छ । हुनेहरु पनि यहि छन् केही नभयर रुनेहरु पनि यहि नै छन् । हुनेलाई पनि आफनै किसीमको तनाव छ नहुनेहरुलाई झनै बिहान र बेलुकाको छाक टार्नकै समस्या छ ।
मानविय जिवन न हो सबैलाई आफनो जिवन प्यारो लाग्छ तर आफनो जिवन प्यारो लाग्दा लाग्दैपनि जिवन देखी बिरक्तियर आत्महत्या गर्नेहरुपनि यहि समाजमा छन् । तरपनि यस्तै कुराहरु सँग संघर्ष गर्दै र लड्दै जिउन सके त्यो सहि अर्थमा जिवन बाँचियको हुने रहेछ । यहाँ सयथरी जातका मानिसहरुको बाहुल्यता छ,धर्म संस्कृति छ जुन हुनुपनि पर्दछ किनकी विभिन्न रङले भरियर पोतियको तस्वीर नै सुन्दर अनि आर्कषक देखिने गर्दछ । यहाँ हरेकलाई सुन्दर कुराहरु आफनै जस्तो लाग्दछ तर कसैलेपनि समाजमा रहेको नराम्रो कुरालाई कसरी हुन्छ सुुधार गरेर राम्रो देखाउन चाहदैन् । त्यसैले पनि त भनियको होला बलेको आगो ताप्ने यहाँ धेरै छन् ।
मान्छको स्वभाव पनि हो समय सँगै हरेक कुराहरु बिर्सदै जाने,तर राम्रा र सुन्दर यादहरुलाई भने ताजा राख्न सके राम्रो हुने हो तर मान्छे स्वार्थी नै हुन्छ त्यसैले होला नराम्रा कुराहरुलाई बारम्बार सम्झने प्रयास गर्दछ । यो दुईदिनको जिवनमा कत्ति धेरै आफनाहरु सँग सम्बन्ध गासीयको हुन्छ गासिँएका जत्ति सबै सम्बन्धहरु पनि त मनले खायका हुदैनन् त्यसैले होला आफना भनिनेहरु सँग पनि कहिलेकाहि मनमुटाव हुने गर्दछ । एउटा ब्यक्तिको परिवेशले त यत्ति धेरै समस्याहरु झेल्नुपर्छ भने यो समाजमा त करोडौ मानिसहरु छन् उनिहरुको स्वभाव पनि त थरीथरीकै होलान् ? तर हरेक मानिसले यो बुझन जरुरी छ कि हामी यहाँ दुईदिनको पाहुना भयर आएका छौ सहि अर्थमा हाम्रो भुमिका के हो निर्वाह गरौ,अनि एकदिन त यो संसारवाट बिदाई हुनु नै छ तर यो साश्वत सत्य हो,भन्ने जान्दा जान्दैपनि किन हो कुन्नि हामी आफुलाई अलौकिक नै ठान्दछौ अचम्म छ ।
फेरीपनि भन्न चाहे जसरी तस्वीरमा पनि सबै रङ्गहरु पोतिदा मात्र आर्कषक देखीन्छ यो समाज पनि त सबै रङ्गहरुले भरिदा मात्र राम्रो देखियको छ भरिभराउ देखिएको छ त्यसैले जातजातिले भरिएको हाम्रो समाजमा आजैवाट विभेद भन्ने कुरा नगरौ चाहे त्यो महिला र पुरुषको जातमाथि होस् या अन्य जातजातिमाथि गरिने विभेद होस् परापुर्वकाल देखी चल्दै आयको यस्ता कुराहरुलाई फाल्न जरुरी छ । आजवाट नै हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर प्रश्न गर्ने थालनीको शुरुवात गरौ जय देश


Monday, March 6, 2017

दाङमा महीलाको स्वामीत्वमा जग्गा राख्नेक्रम पछील्लो केही समययता वढन थालेको पाइन्छ

दाङमा महीलाको स्वामीत्वमा जग्गा राख्नेक्रम पछील्लो केही समययता वढन थालेको पाइन्छ ।
नेपाल सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५प्रतिशत राजस्वमा छुट दिन थालेपछि महिला स्वामित्वमा बृद्धि हुन थालेको जिल्ला मालपोत कार्यालय घोराही दाङले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको माघ महिना सम्ममा जम्मा ४ हजार ४ सय २२जना महिलाको नाममा जग्गाको स्वामित्व रहेको जिल्ला मालपोत कार्यालय दाङको रेकर्डले देखाउछ ।  २०७३÷२०७४ सालको माघ सम्ममा महिला छुट रकम १करोड २०लाख ९३हजार ४सय ६० रहेको जिल्ला मालपोत कार्यालय दाङका अधिकृत भुपेन्द्र बहादुर देवकोटाले बताउनुभयो ।
महिलाको नाममा स्वामित्व रहनुले पनि महिला आर्थिक रुपमा बलियो रहेको तथ्याङले देखाउछ तर बदलिदो परिवेश सँगै आजभोली भने संयूक्त लालपुर्जा लिने परिपाटिमा पनि  त्यतीकै बृद्धि हुदै गएको छ । संयूक्त रुपमा लालपुर्जा लिदा खर्च कम हुनुका साथै अन्य फाईदाहरु समेत रहेकाले संयुक्त लालपुर्जा लिनेकक्रम पनी रहेको  जिल्ला मालपोत अधिकृत देवकोटा  वताउनुहुन्छ
गतवर्ष ४५जनाले संयूक्त लालपूर्जा लिएकोमा यसवर्ष देखी तुलसीपुर र लमहीमा पनि मालपोत कार्यालय स्थापना भएकाले  घोराहीमा संख्या कम  देखीएपनी संयुक्त लालपुर्जा वनाउने क्रम  पछील्लो समय दाङमा  निरन्तर   रहेको मालपोत अधिकृत देवकोटाको भनाइ छ
त्यसो त सरकारले महीलाको नाममा जग्गा पास गर्दा दिने २५ प्रतीसत राजस्व छुटको नीती सरकारले अघि सारेपछी मह्ीलाको नाममा जग्गाको स्वामीत्व दिने क्रम वढेको हो । तथापि यसले महीलाहरुको सम्पतीमा पहुच पुग्नुलाइ सकारात्मक रुपमा लीन सकीने कतीपयको वुझाइ छ ।