Monday, January 11, 2016

डुङामा सररर.................. बाह्रकुने

सानै देखी खै कुन्नि किन हो मलाई त्यत्ति चासो लागेन मेलाहरुमा जान तरपनि मेलाको समय बाहेक अरु समयमा म बाह्रकुने दहमा भने पुगेकै छु । त्यो समय वर्षमा एकपटक पौष ९ गतेका दिन नै हुने गर्दछ किनकी त्यो समय जुटाईदिन्छ रेडियो स्वर्गद्धारीले,पौष ९ गते रेडियोको वार्षिकउत्सव गत केहि वर्षदेखि रेडियोले बाह्रकुने दहमा नै बनभोजको आयोजना गर्दै आएको छ ।
            रेडियोका सबै दाजुभाई तथा दिदिहरु सँग बनभोज कार्यक्रममा सहभागी हुन पाउदा रमाईलो नै हुने गर्दछ । प्रसङ थियो मेलाको मेला जादै नगएको चाहि होईन् धारापानिको मेलामा पुगेको छु । जहाँ धुलाम्य भएर आईएको थियो त्यहाँ बढी धुलो नै उड्ने गर्दछ सायद मेलापनि फाल्गुण महिनामै लाग्ने भएर हो कि किन हो,भगवान् शिवजी का नाममा भाङ खाने,तल बबईका तिरमा रक्सी मासु बेच्ने गरिदो रहेछ त्यसपछि मेलाका समयमा धारापानि पनि जान छाडेकै जस्तो भएको छ तर विश्वकै अग्लो त्रिशुल राखेपछि भने एकपटक धारापानि मन्दिर दर्शन गर्न पुगेको छु ।
              दाङ प्रकृतिले भरिभराउ सुन्दर अनुपम ठाँउ हो भन्ने कुरा तपाई हामी सबैलाई पक्कैपनि थाहा नै छ । दाङमा हेर्न लायक त्यस्ता थुप्रै ठाँउहरु छन् जस्लाई अझैपनि प्रचारको खाँचोको आवश्यक छ भने पर्यटकहरुलाई गन्तब्यसम्म पुर्याउनका लागी सुविधाको आवश्यक रहेको देखिन्छ । कुनैपनि ठाँउमा मान्छेहरुको आवतजावत हुन थालेपछि त्यसले त्यस ठाँउको ब्यापार ब्यावसायमा बृद्धि गर्छ भने एकातिर त्यहाँका स्थानियहरुले पनि केही कुराहरु जान्न र बुझन पाउनुका साथै काम पनि पाउने गर्छन् ।
           
डुगां बनाउदै रामकुरमार यादब
अब माघको १ गतेका दिन बाह्रकुने दहमा मेला लाग्ने गर्दछ,बाह्रवटा कुना भएकाले त्यस ठाँउको नाम बाह्रकुने रहन गएको हो भनिन्छ भने त्यस स्थानमा आफूले मनले मागेको कुरा पनि पुरा हुने जनविश्वास समेत रहेको पाईन्छ । त्यस स्थानमा रुकुम,रोल्पा,सल्यान,प्यूठान लगायतका ठाँउ वाट भक्तजनहरु आउने गरेको पाईन्छ । पिक्नकका लागी खानेपानि लगायत सबैकुराको सुविधा रहेको देखिन्छ तर त्यहाँ सुधार गर्नुपर्ने केहि कुराहरु अझैपनि बाकी नै छन् जस्तो लाग्छ जस्तो शौचालयको सुविधा देखिदैन् तर यत्ति हुदाहुदैपनि केही समय देखि दहमा डुङा सञ्चालन गरिएकाले थप आर्कषणको विषय बनेको छ । २वटा डुङा सञ्चालनमा भएतापनि यहि मेलालाई नै लक्षित गरेर थप अर्को डुङा निर्माण गरिदैछ । डुङामा सररर सयर गर्न यो पटक बाह्रकुने जाउँ है .......