Tuesday, December 1, 2015

हरेक मान्छेका आफना कथा अनि ब्यथाहरु हुन्छन् ....................

हरेक मान्छेका आफना कथा अनि ब्यथाहरु हुन्छन् । परिस्थिीतीले नै हो मान्छेलाई काँहा बाट काहाँ पुर्याउने....यो कथा हो जहाँ एकादेशमा भनिएको छैन् तर कसैको जिवनमा यो कथा बास्तविकता पनि हुन सक्छ ..
मान्छे सामाजिक प्राणी हो यसमा कुनै दुई मत नै छैन् ।समाजमा बसेपछि उसले सामाज बाट नै राम्रो,नराम्रो,सहि,गलत हरेक कुराहरु सिक्दै जान्छ जुन सामाजिक सिकाई पनि हो । म गरिब परिवारमा जन्मेको ब्यक्ति मैले सानो बाट नै जहिलेपनि धनि हुने खाने परिवारले गरिब परिवारमाथि हैकम जमाएको सानैबाट भोग्दै,देख्दै हुर्केको मान्छे हुँ । गाँउमा मैले यस्तै समस्या भोगेकै कारणले मेरा सन्तानले यस्तो थिचोमिचो सहन नपरोस् भनेर बजार पसेको मान्छे म,थोरै पैसाले गर्र्न सकिने मेरा लागी,मैले देखेको ब्यवसाय भनेकै ढावलीमा गर्ने ब्यवसाय थियो,जुन मलाई उचित लाग्यो र मैले यहि ब्यवसाय सुरु गरे
              मैले यो ब्यवसाय गर्न थालेकै आज २० वर्ष पुगिसक्यो,यो ब्यवसायले मेरो जिवनमा धेरै सहयोग गरेको छ,मेरा छोराछोरी यहि ढावली बाट नै पढाएको छु । मलाई बिहान र बेलुकाको छाक टार्न पहिलाको जस्तो हम्मे हम्मे परेको छैन् । जस्ले गर्दा मेरो दिन खुसी साथ बितिहरेको थियो । म बसेको ढावलीको जमिनको मासिक भाडा पनि तिर्दै आएको छु । भन्छन् नि जाहाँ पातलो छिर त्यहि नै पर्छ जुन सत्य कुरा हो आज त्यहि कुरा साबित भएको छ । ३ दिनको अल्टिमेटम दिएको छ ढावली हटाउने भनेर,यो ढावली मैले काहाँ लिएर जाने,२० वर्षसम्म सिकेको यो ब्यवसायको विकल्प मैले के ब्यवसाय गर्ने?ढावली हटाउने सूचना सँगसँगै यसको उचित पूर्नस्थापना काहाँ र कसरी गर्ने यो सूचना पनि हामीलाई दिनुपर्ने हो ।
            हाम्रो नेपालमा पहिला बस्ती बस्छ त्यसपछि बिकास हुन्छ यसले हामीजस्ता गरिब र मिहेनत गरिखानेहरुका लागी ठुलै समस्या निम्त्याउने गर्छ भन्दा कुनै फरक पर्दैन् । हो सडक बिस्तारका लागी यि ढावलीहरु हटाउन जरुरी होला तर त्यो भन्दैमा बिना कुनै योजना अरुको रोजिरोटी माथि लात हान्न पाईदैन् कि राज्यले भन्दिनुपर्यो ब्यवसाय भन्ने कुरा पैसावाल वा धनि मान्छेले मात्र गर्न पाउनुपर्छ भनेर होईन् भने आफनो दुु.ख.सु.ख. का साथ आफनो हैसियत अनुसार सबैले ब्यवसाय गर्न पाउनुपर्छ त्यसैले राज्यले ढावलीको ब्यवस्थापन गर्दा ,योजना सहित उचित पूूर्नस्थापनाको प्याकेज ल्याउनुपर्यो,अनि समस्याको समाधान मिलेर गर्नुपर्यो,३दिनमा ढावली हटाउ भनेर एकतर्फी समस्या मात्र थुपारिदिएर समस्याको समाधान होला जस्तो लाग्दैन् । मिलेर गरिएका कामले मात्र समस्याको हल निस्कन्छ होला ।
         यस्तै कुराहरु सोच्दा सोच्दै र समस्याहरु सँग पैठेजोरी खेल्दा खेल्दै आज उमेरले नेटो काट्न थालिसक्यो कहिलेकाही सोच्छु जिन्दगी भन्ने कुरो यस्तै रहेछ जस्तो लाग्छ । सानोमा पढ्न पाईएन परिस्थीतीले आज यस्तो पारिदिएको छ । यो संसारमा बाच्ँने हरेक मान्छेका आफनै छुटाछुटै कथाहरु होलान तरपनि भैसीलाई भैसीकै सिङ भारी भएजस्तै सबैलाई आफनो दु ख सबैभन्दा ठुलो लाग्छ सत्यता पनि यहि नै हो ।