Monday, June 29, 2015

हाम्रो समाजले महिला र पुरुषले गर्ने कामको केहि बिभेद गरिदिएको छ तर काम काम नै हो ..........




लक्ष्मीपुर गाबिस वार्ड नं ४ गोग्ली निबासी कमला कुमाल बिगत ६ बर्षदेखि साईकल मर्मत गर्ने कार्यमा सकृय रहदै आउनुभएको छ ।
दाङ जिल्लामै पहिलो साईकल मर्मत गर्ने कार्यमा लाग्नुभएकी कमलालाई सुरुका दिनमा काम गर्न त्यति सजिलो थिएन । साईकल बनाउन आउने अधिकांश ग्राहकहरुले महिलाले बनाएको साईकल कस्तो हुने होला,बनाउने भनि ल्याएको साईकल झनै बिग्रने पो हो कि ? भनि कमलाको काममा शंका गर्ने गर्दथे, तर आजभोली समाजले उहाँको काममा विश्वास गर्न थालेको छ भने उहाँले गर्ने कामको सम्मान पनि गर्न थालेको छ  । गोग्लीको चोकमै रहेको कृष्ण साईकल स्टोर उहाँको आफनै साईकल स्टोर हो । १२ वर्ष अगाडी गोग्ली निबासी कृष्ण कुमाल सँग बिवाह बन्धनमा बाधिनुभएकी कमलाको १ छोरा पनि छन् । घरमा बसेर समय बर्वाद गर्नुभन्दा दुईपैसा आर्जन गरेर भएपनि श्रीमान्को सहयोगी बन्न चाहने कमलालाई, अरुको काम गर्नुभन्दा आफनै पसलमा काम गर्न उचित लाग्यो त्यसपछि सुरु भयो उहाँको सिकाई यात्रा, श्रीमान्को सहयोग,प्रेरणा र श्रीमान्कै साहायतामा कमलाले साईकल मर्मत गर्ने काम सिक्नुभयो । श्रीमतीलाई सिप सिकाएकोमा कृष्ण पनि खुुसी हुनुहन्छ । समाजले पनि कृष्णलाई समाज परिवर्तनका लागी काम गरेको भन्दै दिने स्याबासीले उहाँलाई झनै खुसी बनाउने गर्दछ । घरखर्च,छोराको पढाई खर्च कटायर पनि मासिक १५ देखि २० हजार रुपैया बचत गर्ने गरेको बताउने कमला,हाम्रो समाजमा महिला दिदिबहिनीहरुका लागी पनि प्रेरणाको स्रोत  हुनुहुन्छ किनकी  हाम्रोसमाजले महिला र पुरुषले गर्ने कामको केहि बिभेद गरिदिएको छ तर काम काम नै हो पुरुषले गर्ने काम महिलाले गर्न सक्दैनन् भन्नेहरुका लागी दाङ जिल्लामा रहेको लक्ष्मीपुर ४ गोग्ली निवासी कमला कुमाल यसको गतिलो उदाहरण हुनुहुन्छ ।




 साईकल मर्मत गर्दै कमला कुमाल.......



Monday, June 22, 2015

Tuesday, June 2, 2015

मैलेपनि पिट्नुपर्छ भन्ने मानसिकताको कहिल्यै अन्त्य हुनेछैन् ।




निर्दयीतापनि कहिले सम्म हाम्रो सिकाई प्रणाली  के हो? हामी आफूलाई परिवर्तनका सम्बाहक मान्छौ भने परिवर्तनको थालनी हामीबाट किन नगर्ने, तस्वीरमा देखिएका डामहरु भोग्ने आजको एक बिद्यार्थी हुन् के थाहा भोलीका दिनमा उ पनि एक शिक्षक हुन सक्छ । बिद्यार्थीलाई दिने यस्तो सजायले (पिटाईले)उसको मानसिकतामा कस्तो असर पार्न सक्छ सोचौ त एकपटक हुनसक्छ बिद्यार्थीलाई ठाँउमा ल्याउनका लागी मैलेपनि पिट्नुपर्छ भन्ने मानसिकताको कहिल्यै अन्त्य हुनेछैन् । के पिटाई मात्र एक अचुक औषधि हो बिद्यार्थीलाई सहि मार्गमा ल्याउनका लागी,यसबारेमा एकपटक सबैजना गम्भिर भयर सोच्ने पो कि?